site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यस वर्षको मनसुन कस्तो रहला ?
SkywellSkywell

काठमाडौँ । प्रायः अंग्रेजी महिनाका मार्चदेखि सुरु हुने प्रिमनसुन मे महिनासम्म रहन्छ । हिजो आज मुलुकभर विभिन्न ठाउँमा परिरहेको पानी त्यही प्रिमनसुन हो । तर कृषकले कुरेर बसिरहेको मनसुन १३ जुनसम्ममा भित्रिने मौसम पूर्वानुमान महाशाखले जनाएको छ ।  

मौसमविद् बरुण पौडेलकाअनुसार महाशाखाले मनसुनी वायुलाई नियमित अनुगमन गरिरहेको जानकारी दिए । उनले भने, "नेपालमा वर्षा गराउने मनसुन वायु बङ्गालको खाडीमा आइसकेको छ । पूर्वी नेपालबाट वायु प्रवेश गरी मुलुकभर पानी पर्नेछ । दुई तीन दिनभित्रमा मनसुन आइपुग्ने अनुमान छ ।"

औसतमा नेपालमा १५ सय मिलिलिटर पानी पर्ने गर्दछ । तर यसपटक वर्षा धेरै हुने मौसमविद्ले संकेत दिइसकेका छन् । धेरैजसो भुभागमा वर्षा सरदरभन्दा धेरै हुने बताइएको छ भने वर्षाको सम्भावना स्थानअनुसार फरक छ ।  यो सरदरभन्दा बढी हो ।

Dabur Nepal
NIC Asia

जल तथा मौसम विज्ञान विभागकी जलवायु विश्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले पहिलोपटक सन् १९८१ देखि सन् २०१० सम्म गरी ३० वर्षको मौसम आगनमन र बर्हिगमनको तथ्यांक अध्ययन गरी रिपोर्ट तयार पारेको बताइन् । उनले भनिन्, "त्यही अपडेटका आधारमा यस वर्ष कहाँ-कहाँ कति प्रतिशत वर्षा हुन सक्ने आँकलन गरेका छौँ ।"

विभागले पहिलोपटक ३ दशकको मौसको गतिविधि अध्ययन गरी रिपोर्ट तयार पारेको हो । यद्यपि यस्तो रिपोर्ट १०/१० वर्षमा राख्नुपर्ने हुन्छ । लामो समयदेखि ऋतुगत मौसमको अनुमान र अनुगमन गरिहेकी उनले भने नेपालले पहिलोपटक यस्तो रिपोर्ट तयार पारेको खुलासा गरिन् ।

उक्त रिपोर्टअनुसार यस वर्षको मनसुनमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदेशका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । यी क्षेत्रमा ३५ देखि ६५ प्रतिशत वर्षा हुने आंकलन छ । त्यसैगरी लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी भूभागमा सरदर वर्षा ३५ देखि ४५ प्रतिशत हुने, प्रदेश १ को तराई र प्रदेश नं २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ अनुमान गरिएको छ । यस्तै, उत्तरी भुभाग, हिमाली भागहरूमा ५५ देखि ६५ प्रतिशत बढी पानी पर्ने सम्भावना छ ।

यस्तै, प्रदेश नं १ र २ तथा वाग्मती प्रदेशको केही भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने तथा परासी, नवलपुर, पाल्पाका केही भूभागमाबाहेक देशका अन्य भूभागमा सरदरभन्दा कम तापक्रम हुने विभागले जनाएको छ । प्रदेश नं १ र २ को पूर्वी भाग, गण्डकी, सुदुरपश्चिम प्रदेशको अधिकांश भागमा न्यूनतम तापक्रम सदरदभन्दा बढी र लुम्बिनी प्रदेशको तराई क्षेत्र बाहेकमा सरदरभन्दा कम तापक्रम हुने अनुमान विभागले गरेको हो ।

साधाणतया १३ जुनमा मनसुन भित्रिने र २ अक्टोबरमा मनसुन बर्हिगमन हुने देखिन्छ । विज्ञहरूको अनुसार मनसुन पछाडि धकेलिएको हो । विगतमा ३ जुनमा मनसुन सुरु भइसक्थ्यो । अहिले लम्बिएर १० जुन र पछिल्लो समय त्यो पनि सरेर १३ जुनमा पुगेको डा कँडेल बताउँछिन् । मनसुन बहिर्गमन २३ सेप्टेम्बरमा हुनुपर्नेमा २ अक्टोबरमा हुने विज्ञहरूले आँकलन गरेका छन् । यस्तै, १०५ दिनको मनसुन लम्बिएर १११ दिन पुगेको छ ।

वैशाखको दोस्रो साता दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको भर्चुअल बैठक भएको थियो । सो बैठकमा आगामी मनसुन अवधि (जुन देखि सेप्टेम्बर) ऋतुगत हावापनी आँकलन गरिएको थियो । विभागले विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायू सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूप, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र मञ्चको आँकलनको आधारमा उक्त निष्कर्ष निकाली सार्वजनिक गरेको हो । बैठकमा नेपाल, भारत, म्यान्मारलगायत ९ देशका मौसमविद् सहभागी थिए ।

विभागले वर्षाको अनुमान सरदर भन्दा कम, सरदर र सरदरभन्दा बढी गरी ३ भागमा विभाजित गरी आँकलन प्रस्तुत गर्ने गर्दछ । डा कँडेल भन्छिन्, "यसको मतलब यति प्रतिशत पानी पर्छ भन्ने होइन, यो अनुमान मात्र हो । यही नहुन नि सक्छ । थोरै पर्छ भनेको ठाउँमा धेरै पर्न पनि सक्छ र धेरै भनेकोमा थोरै ।"

साधारणतया ५० मिलिटरभन्दा बढी वर्षा भयो भने बाढी पहिरोको जोखिम बढ्छ । अहिले कोभिडको अवस्थाले गर्दा विपत व्यवस्थापनमा चुनौती बढेको छ । तराई डुबान, पहाडमा पहिरो हाम्रो लागि नयाँ होइन । वर्षा धेरै हुने भन्ने बित्तिकै पहिरो, बाढी र डुबानबाट  बच्न अहिल्यै तयारी अवस्थामा रहन विभागले मनसुन आपतकालीन योजना २०७८ जारी गरिसकेको छ । बाढी र पहिरो बारे तुरुन्त जानकारी दिन सामाजिक सञ्जालमा फ्ल्ड अलर्ट (नेपाल बाढी सूचना) सक्रिए बनाएको छ । बाढीबारे रियल टाइममै जानकारी दिने विभागले जनाएको छ । यसको लागि प्रभावित क्षेत्रमा एसएमएम, रेडियो तथा सामाजिक सञ्जालमा बुलेटिन दिने, बाढी पूर्वानुमानका लागि ११५५ टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  २२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu