site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कामचलाउ सरकारले चुनाव केन्द्रित बजेट ल्याउनसक्ने भन्दै चौतर्फी चिन्ता
SkywellSkywell

काठमाडौं । सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेपछि चौतर्फी विरोध हुन थालेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्छ । तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सरकराले अध्यादेशमार्फत बजेट ल्याउने तयारी थालेको हो ।

बिहीबारमात्र पूर्वप्रमुख निर्वाचन आयुक्त, पाँच जना पूर्व अर्थमन्त्रीहरू र राष्ट्रिय योजना आयोगका ९ जना पूर्व उपाध्यक्षहरूले सरकारललाई बजेटबारे सुझाव तथा चेतावनी दिएका छन् ।

Dabur Nepal
NIC Asia

पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले मध्यावधि चुुनाव घोषणा गरेको सरकारले चुनावकेन्द्रित बजेट ल्याउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । पूर्व निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, अयोधिप्रसाद यादव र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुरउनीहरूले मतदातालाई प्रभावित पार्नेगरी बजेट नल्याउन सरकारसँग आग्रह गरेका छन् ।

यस्तै, पाँच जना पूर्व अर्थतमन्त्रीले कामचलाउन सरकराले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । पूर्वअर्थमन्त्रीहरू प्रकाशचन्द्र लोहनी, रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमान पुनले सरकार कामचलाउ भएकाले बजेट पनि सोही प्रकृतिको ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

यसैगरी, राष्ट्रिय योजना आयोगका ९ जना पूर्व उपाध्यक्षहरूले त अध्यादेशबाट बजेट नल्याउन भनेका छन् । पूर्व उपाध्यक्षहरूमा पृथ्वीराज लिगल, डा. जगदीश चन्द्र पोखरेल, डा. शकंर शर्मा, डा। पीताम्बर शर्मा, डा. दिनेशचन्द्र देवकोटा, दीपेन्द्र बहादुर क्षेत्री, डा. गोविन्दराज पोखरेल, डा. मीन बहादर श्रेष्ठ र डा. स्वणिम वाग्लेले नियोजित ढंगले प्रतिनिधिसभा विघटन गरेर अध्यादेशबाटै मलुकुको शासन सञ्चालन गर्न डिजाइनअन्तर्गत अध्यादेशबाट बजेट ल्याउन खोजिएकाले त्यसो नर्गन आग्रह गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu