राजनीति
काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक आज बस्दै छ । बैठक मध्याह्न साढे १२ बजे बस्ने खबर आएको प्रदेशसभा सदस्य अमरबहादुर साउदले जानकारी दिए ।
“संसदीय दलका नेताले बैठक बस्ने भनेर फोन गर्नुभएको छ । एजेन्डाबारे जानकारी छैन,” उनले बाह्रखरीसँग भने ।
हिजो बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट दलको बैठक बस्न लागेको हो ।
नेकपा एमालेको ओली समूहका सांसदहरुले भने आफूहरुलाई बैठकबारे जानकारी नभएको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८ ११:५१
प्रतिक्रिया दिनुहोस्