साहित्य
कोलकत्ता । भारतका चर्चित गायक अरिजीत सिंहलाई मातृशोक परेको छ । कोरोना संक्रमणका कारण गायक सिंहकी आमाको निधन भएको हो । उनको बिहीबार कोलकातास्थित एक अस्पतालमा निधन भएको जनाइएको छ ।
उनी कोरोनाको उपचार्थ अस्पतालमा भर्ना भएकी थिइन् । नवभारत टाइम्सका अनुसार बिहीबार बिहान ११ बजेदेखि उनको स्वास्थ्य अवस्था धेरै बिग्रिएको थियो । उनलाई ‘ए’ समूहको रगत आवश्यक भएको भन्दै स्वस्तिमा मुखर्जीले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन् । नवभारत टाइम्सबाट ।
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८ १७:०१
प्रतिक्रिया दिनुहोस्