site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले विवाद समाधान कार्यदलको छलफल आज पनि अनिश्चित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको छलफल मङ्गलबार पनि अनिश्चित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आइतबार छलफल हुँदा तीन दिनभित्र विवाद समाधान गर्नेगरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको बताइएको थियो ।

तर, नेताहरूको व्यवस्ताले सोमबार बैठक बस्न नसकेको र मङ्गलबार पनि सम्भावना टाढिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“हामी अनौपचारिक छलफलमा त छौँ । तर, बैठक बस्न सकिएको छैन । आज पनि शङ्कर पोखरेल दाङ जानु भएकाले बैठकको सम्भावना देखिएको छैन,” प्रधानमन्त्री ओलीका तर्फबाट वार्ता टोलीका संयोजकसमेत रहेका नेम्वाङले बाह्रखरीसँग भने ।

उनले अब बसेपछि एकैपटक टुङ्ग्याएर मात्रै उठ्ने तयारी रहेको पनि बताए । पार्टी नेता झलनाथ खनाल र माधवकुमार नेपालले २०७५ जेठ २ मै फर्कनुपर्ने अडान राखिरहेका छन् ।

Royal Enfield Island Ad

प्रधानमन्त्री ओलीनिकट नेताहरू भने जेठ २ बाट परिस्थिति निकै अघि बढिसकेकाले त्यहाँ पुग्न कठिन हुने बताइरहेका छन् । विवादकै बीच वाग्मती प्रदेशका राष्ट्रियसभा सदस्यको रिक्त स्थानका लागि उपचुनाव हुँदैछ । चुनावमा एमाले भर्सेस एमाले मैदानमा हुने अवस्था बनेको छ । अहिले मैदानमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धन (काङ्ग्रेस, माओवादी केन्द्र र जसपासमेत)का तर्फबाट विकेन्द्रीकरणविद् डा. खिमलाल देवकोटा उम्मेदवार छन् । देवकोटा नेता नेपालनिकट हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro