site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
‘महामारीमा सरकार निकम्मा साबित, आलोचना हुने डरले प्रदेशसभा बैठक बोलाइएन’
SkywellSkywell

जनकपुरधाम । प्रदेश नम्बर–२ मा पाँच महिनापछि गत चैत ३० गते प्रदेशसभा बैठक डाकियो । बाध्यात्मक अवस्थामा बैठक बोलाइएको थियो ।

पाँचौँ अधिवेशनको पहिलो बैठकपश्चात् वैशाख ९ गते दोस्रो बैठक आह्वान भयो । दोस्रो बैठकमा प्रदेशको नाम र राजधानीको लागि दर्ता भएको प्रस्तावमाथि छलफल भएर अर्को बैठक वैशाख १४ गतेको लागि डाकियो । तर, वैशाख १३ गते प्रदेशसभा सचिवालयमा कार्यरत तीनजना कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरियो ।

बैठक स्थगित भएको आज २३ दिन पुगेको छ । संक्रमित कर्मचारी निको भएर घर पनि फर्किइसकेका छन् । तर, बैठक अन्योलमै छ ।

KFC Island Ad
NIC Asia

नेकपा (एमाले) संसदीय दलका नेता शत्रुधन महतोले बैठक नबोलाएको भन्दै आपत्ति जनाए । “ज्यानको डर सबैलाई छ भनेर आफ्नो जिम्मेवारीबाट पन्छिनु गलत हो,” उनले भने, “वैकल्पिक माध्यमबाट भए पनि बैठक बोलाउनुपर्छ ।”

सदन नचल्दा जनताको समस्या सरकारमाझ राख्न नसकेको उनले बताए । “अहिले प्रमुख दुईवटा विषयमा बैठक बस्नु आवश्यक छ । एक, जनताको जनधनको रक्षा अर्को, अगामी बजेटको तयारी,” उनले भने, “सरकारले छिटो विकल्प दिएन भने जनता निराश हुन्छन् । बिनातयारी हतारमा ल्याउने बजेटमा पनि ठोस योजना समावेश गर्न सक्दैन ।”

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले महामारीमा सरकार निकम्मा साबित भएको तर्क गरे । सरकार गत वर्ष पनि कोरोना महामारी नियन्त्रणमा चुकेको भन्दै अहिलेको भयावह स्थिति सरकारकै कारण सिर्जना भएको आरोप उनले लगाए ।

प्रदेश सरकारले महामारीमा जनताको जनधनको रक्षा गर्न नसकेको भन्दै उनले ‘भोजको बेला तरकारी रोपेको’ भनि कटाक्ष गरे । “सरकार बेकामे छ, सदन चल्दा उसको आलोचना हुन्छ,” उनले भने, “सरकारले नाकामी लुकाउन बैठक नै बस्न दिएको छैन ।”

प्रदेश–२ मा कोरोना संक्रमणको अवस्था भयावह छ । सरकारको काम प्रभावकारी देखिएको छैन । संक्रमितले भेन्टिलेटर र अक्सिजन अभावमा ज्यान गुमाइरहेका छन् । कोभिड अस्पताल सञ्चालमा समेत ढिलाइ भइरहेको छ भने भएको अस्पतालमा जनशक्ति र साधन–स्रोत अभावमा बिरामी छटपटाइरहेका छन् । निषेधाज्ञासँगै विपन्न वर्गलाई बिहान–बेलुकाको छाक टार्न समस्या हुन थालेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro