site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्दोष रहेको बताएका छन् । आइतबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको जिकिर गरे ।

लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनले उल्लेख गरे । आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने उनको भनाइ थियो ।

लामिछानेलाई ‘क्लिन चिट’ दिन अदालत नै तयार नभएको आफूले सुनेको उनले बताए ।

सहकारी छानबिन समिति गठनको विपक्षमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नै हाल प्रधानमन्त्री भएकाले उक्त प्रकरणका दोषीलाई कारबाही गर्न कसैले नरोकेको पनि प्रचण्डले बताए ।

आफू प्रधानमन्त्री हुँदा लामिछानेलाई गलत ढंगले क्लिन चिट दिने काम नगरेको र प्रहरीबाट पाएको आधिकारिक जानकारीपछि सदनबाट उनी निर्दोष रहेको धारणा राखेको प्रचण्डले सुनाए ।

उनले जनताका बीचमा जाने राम्रो आधार बनेकाले अब एक्लै निर्वाचन लडेर जित्ने जिकिर पनि गरे ।

सरकारको तयारी राम्रो नभएकाले प्राकृतिक प्रकोपबाट धेरै जनधनको क्षति भएको उनले आरोप लगाए । आफूहरू बाढीपहिरोपीडितको समस्या बुझ्न जाँदा सरकार नै नभएको अनुभूति जनताले गरेको उनको भनाइ थियो । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro