site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनतालाई कम पीडाको अनुभूति हुने स्थिति बनाउन माओवादीको ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जनतालाई कम पीडाको अनुभूति हुने स्थिति बनाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा भेटेर माओवादी नेताले ध्यानाकर्षण गराएका हुन् । विपद्पीडितको उद्धार, राहत र पुनर्स्थापनाको कामलाई तीव्रताका साथ अघि बढाउन पनि ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षण गराउने क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विकास नीति बनाउँदा गम्भीर हुनुपर्नेमा जोड दिए । सुशासनको कमी र पहुँचवालाको जबरजस्तीका कारण पनि जोखिम बढ्दै गएको उनले उल्लेख गरे ।

“हाम्रोमा पनि र बाहिर पनि अहिलेको प्राकृतिक प्रकोपजस्तो देखिने तर शुद्ध प्राकृतिक प्रकोप नहुने,” उनले भने, “मानवीय पक्ष पनि त्यसमा मिश्रित भएर जोखिम बढ्ने र त्यसले क्षति पनि बढाउने भइरहेको स्थिति छ ।”

उनले सबै एकताबद्ध भएर संकटको सामना गर्नुपर्ने बताए ।

ध्यानाकर्षणपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिको परिस्थितिमा साझा समस्याको सामूहिक रूपमा समाधान निकाल्नुपर्ने बताए । उनले उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका निम्ति सबै मिल्नुको विकल्प नरहेकामा जोड दिए ।

“प्राकृतिक विपत्तिको परिस्थितिमा हामी सबै मिलेर साझा समस्याका रूपमा लिएर साझा समस्याबाट समाधान गर्नुपर्छ,” उनले भने, “उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि हामी सबै लाग्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिलाई एकजुट भएर पन्छाउन सबैलाई आग्रह गरे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro