site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय सभा उपनिर्वाचन : एमालेले खड्कालाई उठाउने, गठबन्धनको उमेदवार पाण्डेय
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । जेठ १७ गते लुम्बिनी प्रदेश अन्तर्गत हुने राष्ट्रिय सभा निर्वाचनको उमेदवारी मनोनयन मंगलबार (भोलि) हुँदैछ । उक्त निर्वाचनका लागि एमालेले चन्द्रबहादुर खड्कालाई नै उमेदवारको रुपमा अघि सारेको छ । माओवादीले एमाले प्रवेश गरेका कारण खड्कालाई कारबाही गर्दा उक्त स्थान रिक्त भएको थियो । 

एमालेले उनलाई नै उमेदवार बनाउने निर्णय गरेको एमाले प्रतिनिधि सभा संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिए ।

त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले भने दृगनारायण पाण्डेयलाई उमेदवार बनाउने भएको छ । उनी वैशाख १९ गते एमाले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर क्रांग्रेस प्रवेश गरेका थिए ।
 
पाण्डेयलाई नै उमेदवार बनाउने निर्णय भएको कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले जानकारी दिए ।
 
लुम्बिनीमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २९६ मतदाता छन् । जसमा प्रदेश सभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २१७ जना मतदाता छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ हुन्छ ।
 
लुम्बिनीमा एमालेभन्दा गठबन्धनको उमेदवारको सम्भावना बलियो रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro