site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली–नेपाल पक्षको वार्ताको फोटोले ल्याएको तरंग
तस्बिरहरु : प्रधानमन्त्रीको सचिवालय ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का दुवै पक्ष हिजो (शुक्रबार) वार्तामा बसे । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेल थिए । यी त भए ओली पक्ष ।

अर्को पक्ष खनाल–नेपाल समूहबाट माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त थिए ।

एमालेको वार्तामा भर्खरै पार्टी प्रविष्ट भएका रामबहादुर थापा ‘बादल ल्याएको भनेर सुरुमै नेता नेपालले असन्तुष्टि जनाए । कार्यदल बनाएर विवाद समाधानको काम सुरु गर्ने प्रयोजनका लागि बसेको बैठक निष्कर्षविहीन अर्थात् फेरि पनि त्यही कार्यका लागि दुई शीर्षस्थ जुट्ने सहमति गरेर छुट्टिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो कुरा बाहिर दुवै पक्षले भन्न चाहेन । दुवै पक्षले वार्ता सकारात्मक रहेको र कार्यदल बनाउन अध्यक्ष ओली र नेता नेपाल भोलि अर्थात् शनिबार पनि बस्ने भन्दै बाहिरिए ।

प्रधानमन्त्री ओली पस्दै गर्दा घनश्याम भुसाल रघुजी पन्तसहितका नेताले ‘धनुष्टङ्कार’ नमस्कार गर्दै गरेको फोटो सार्वजनिक भयो । अहिले यो फोटोले राजनीतिक वृत्त तताइरहेको छ । अनेक टिकाटिप्पणी भइरहेको छ । 

Royal Enfield Island Ad

प्रधानमन्त्री ओलीको सचिवालयले नियतवश फोटो खिचेर बाहिर प्रचार गरिएको भन्दै अहिले खनाल–नेपाल समूह रुष्ट बनेको छ ।

ओलीप्रति कति नतमस्तक छन् भनेर बदनाम गर्ने बद्नियत राखेर बाहिर फोटो ल्याइएको भन्दै खनाल–नेपाल समूहले खण्डन नै गर्न थालेको छ ।

घनश्याम भुसालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर आपत्ति जनाएका छन् । “हिजो एउटा बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको फोटो खुबै प्रचार भएको छ । समाजमा जान्ने बुझ्ने भनिएकाहरू पनि यस दौडमा देखिनु र त्यहाँ प्रधानमन्त्री कार्यालयका फोटोग्राफरबाहेक अरू कोही नहुनु संयोगमात्र हो वा होइन थाहा भएन,” उनले यति लेखेर असन्तुष्टि पोखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  २०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro