राजनीति
दाङ । लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले शंकर पोखरेल फेरि मुख्यमन्त्री हुन नपाउने बताएका छन् ।
अविश्वास प्रस्ताव ‘फेस’ नगरी राजीनामा दिएका पोखरेल फेरि मुख्यमन्त्री हुन नपाउने उनको दाबी छ । “अविश्वास प्रस्ताव फेस नगरेको हुँदा अब शंकर पोखरेलजी आफैँ मुख्यमन्त्रीको उमेदवार बन्न पाउनु हुन्न,” उनले भने । चौधरी प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद हुन् ।
मुख्यमन्त्री पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिसकेका छन् । नेकपा (एमाले)ले पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८ १२:०७
प्रतिक्रिया दिनुहोस्