site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घट्यो बैंकहरुको बेस रेट, कुन बैंकको सस्तो ब्याजदर ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त)मा अधिकांश बैंकको आधार ब्याजदर घटेको छ । तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका २७ वटै वाणिज्य बैंकमध्ये २४ वटा बैंकको आधार ब्याजदर घटेको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋणी ग्राहकबाट दिने ब्याजदर आधार ब्याजदरको आधारमा निर्धारण गर्ने गर्दछन् । राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदरलाई आधार ब्याजदरसँग टाइअप गर्नुपर्ने व्यवस्था गरेको छ । आधार ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ ।

यद्यपि, बैंकहरुले ऋणी र कर्जाको प्रकृतिअनुसार आधार ब्याजदरमा थप प्रिमियम जोड्ने गर्छन् । नेपाल राष्ट्र बैंकले आधार कर्जाको ब्याजदरलाई  आधार ब्याजदरसँग टाइअप गरे पनि आधार ब्याजदरमा कति प्रतिशत प्रिमियम थप गर्ने भन्ने नतोकेर बैंकहरुलाई छोडेको छ । यसले गर्दा बैंकहरुसँग बार्गेन गर्न सक्ने टाठाबाठालाई कम र सोझासाझा ऋणीलाई भने बढी ब्याजदर लिने गरेको पाइन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

राष्ट्र बैंकले १० लाखभन्दा साना कर्जामा भने आधार ब्याजदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्था गरेको छ । यसले साना ऋणीलाई भने राहत प्रदान गरेको छ ।

अहिले कोभिड–१९ को कारणले बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा कर्जाको ब्याजदर घटेको अवस्था छ । गत पुसमा वाणिज्य बैंकहरुको आधार भारित औसत ब्याजदर ७.१८ प्रतिशत रहेको थियो । चैत मसान्तमा आउँदा २७ मध्ये १२ बैंकको आधार ब्याजदर ७ प्रतिशतभन्दा कम रहेको छ । जसमध्ये पनि चारवटा बैंकको ६ प्रतिशतभन्दा पनि तल रहेको छ । बाँकी रहेका १५ बैंकको आधार ब्याजदर ७ प्रतिशतमाथि रहे पनि साढे ७ प्रतिशतभन्दा माथि आधार ब्याजदर हुने बैंकको संख्या ६ मात्रै छ । कुनै पनि बैंकको आधार ब्याजदर ८ प्रतिशतमाथि छैन ।

Royal Enfield Island Ad

गत पुसमा सिटिजन्स बैंक र सिभिल बैंकको आधार ब्याजदर ८ प्रतिशतभन्दा माथि र नेपाल बंगलादेश बैंकको ८ प्रतिशत रहेकोमा अहिले सबै बैंकको आधार ब्याजदर ७ प्रतिशतबाट तल झरेको छ । यद्यपि, तीनवटा बैंकको भने पुसको भन्दा चैतमा आधार ब्याजदर बढेको छ ।

नबिल बैंकको आधार ब्याजदर ५.७६ प्रतिशतबाट बढेर ६.१८ प्रतिशत, एनआईसी एशिया बैंकको ६.६५ प्रतिशतबाट बढेर ६.७७ प्रतिशत र मेगा बैंकको ७.३५ प्रतिशतबाट बढेर ७.५९ प्रतिशत पुगेको छ ।

चैत मसान्तमा सबैभन्दा कम आधार ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५.३३ प्रतिशत रहेको छ । बैंकको गत पुसको आधार ब्याजदर ६.०७ प्रतिशत रहेको थियो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ५.६१ प्रतिशतबाट ५.५ प्रतिशतमा झरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ६.५६ प्रतिशतबाट ५.९५ प्रतिशत र नेपाल बैंकको ६.१९ प्रतिशतबाट ५.९८ प्रतिशतमा झरेको छ ।

पुस मसान्तमा सबैभन्दा धेरै आधार ब्याजदर सिभिल बैंकको ७.८२ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर पुस मसान्तमा ८.४५ प्रतिशत रहेको थियो । अधिक तरलताले बैंकहरुबीच कर्जा खोसाखोस हुँदा कर्जा जोगाउन र नयाँ व्यवसाय विस्तार गर्ने होडबाजीले बैंकहरुको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट)पनि घटेको छ । २७ वाणिज्य बैंकमध्ये दुई बैंकको स्प्रेड रटे बढ्दा अरु बैंकको घटेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको स्प्रेड रेट पुसमा ४.०९ प्रतिशतबाट चैतमा ४.४ प्रतिशत पुगेको छ । यस्तै, प्राइम कमर्सियल बैंकको ४.३७ बाट बढेर  ४.३८ प्रतिशत पुगेको छ । सबैभन्दा धेरै स्प्रेड रेट हुनेमा राष्ट्रिय वाणिज्य बैंक ४.४, प्राइम कमसियल बैंक ४.३८, एनआईसी एशिया बैंक ४.३८ प्रतिशत रहेका छन् ।

पुसमा ४.६९ प्रतिशत स्प्रेड रेट रहेको ग्लोबल आईएमई बैंकको चैतमा ४.१७ प्रतिशतमा झरेको छ । नबिल बैंकको ४.०७ प्रतिशतबाट ३.२  प्रतिशतमा झरेको छ । हिमालयन, नेपाल इन्भेष्टमेन्ट र नेपाल एसविआई बैंकको स्प्रेड रेट पनि ३.४ भन्दा तल रहेको छ ।

गत असारमा राष्ट्र बैंकले तोकेको ४.४ प्रतिशतको स्प्रेड कायम गर्न हम्मे परेका बैंकहरुको स्प्रेड रेट चैतमा ह्वात्तै घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro