site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश २ : नाम र राजधानी तोक्ने विषयमा दलहरूको पुरानै अडान कायम 
SkywellSkywell

जनकपुरधाम । प्रदेश २ को नाम र राजधानी तोक्न दलहरूले पुरानै अडान यथावत राख्ने देखिएको छ । दलहरूले दर्ता गराएको प्रस्ताव र दर्ता गराउनको लागि गरिएको तयारीअनुसार पुरानै अवस्था दोहोरिने सम्भावना बढेको छ ।

प्रदेशसभा सचिवालयले वैशाख २ गते सुचना जारी गर्दै ९ गतेसम्म नामाकरण र स्थायी राजधानीको लागि प्रस्ताव दार्ता गराउन अह्वान गरेको थियो । तर, प्रस्ताव दार्ता गराउन बिहीबार अन्तिम दिन भएपनि दलहरू पुरानै अडानमा रहेको बुझिएको छ । 

KFC Island Ad
NIC Asia

तीन दलले पुरानै निर्णयअनुसार नै प्रस्ताव दर्ता गराएका छन् भने नेपाली कांग्रेसले पनि बिहीबार पुरानै प्रस्ताव दर्ता गराउने तयारी गरेको छ । प्रदेशसभाले यसयघि नमाकरण र राजधानी टुङगो लगाउन भोटिङ गराएपनि दलहरूको अडान र सांसदको क्रस भोटिङका कारण टुङ्गो लाग्न सकेको थिएन । 

एमाले पनि पुरानै अडानअनुसार अगाडि बढेको बुझिएको छ । बुधबार नेकपा एमाले माधव नेपाल पक्षका संसदीय दलका नेता सत्रुधन महतोले नामाकरणको लागि दुईओटा प्रस्ताव दर्ता गराएको जानकारी दिए । उनकाअनुसार नामाकरणको लागि जानकी र जनक नाम दर्ता गरिएको छ ।
राजधानी भने जनकपुरधाम राख्न प्रस्ताव दर्ता गरिएको छ । राजधानीको सीमाबारे जानकारी दिँदै नेता महतोले पुर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा उत्तरमा ढलकेबर र दक्षिणमा भारतसम्म सीमा रहने बताए । 

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले मिथिला–भोजपुरा र राजधानी जनकपुरधाम प्रस्ताव दर्ता गराउने तयारी गरिएको बताए । सत्तारुढ दल जनता सामाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले प्रदेशको नाम ‘मधेस प्रदेश’ दर्ता गराइसकेका छन् । वैशाख ५ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सत्तारुढ जसपा र माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम प्रस्ताव दर्ता गराएका थिए । 

प्रदेश २ को प्रदेशसभामा १०७ जना सांसद रहेकोमा चार जना कारबाहीमा परेका छन् । हाल सतारुढ दल जसपासँग ५६ जना प्रदेशसभा सदस्य छन् । त्यस्तै एमालेसँग २१, नेपाली कांग्रेससँग १९ र माओवादी केन्द्रसँग ७ जना प्रदेशसभा सदस्य रहेका छन् । 

यसअघि २०७६ चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो । प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी तीनवटा प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो । तर, नाम र राजधानीका लागि दर्ता गरिएका प्रस्तावहरूमध्ये कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाइ मत आउन सकेन । 

यसअघिको नाम र राजधानीका लागि तत्कालीन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेका थिए । नेपाली कांग्रेसले मिथिला भोजपूरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्यमधेस नाम प्रस्ताव दर्ता गराएका थिए । तत्कालीन नेकपाले जानकी नाम प्रस्ताव दर्ता गराएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  २०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro