site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महोत्तरीबाट सम्पर्कविहीन किशोरी भारतमा भेटिए

जनकपुर । महोत्तरीबाट सम्पर्कविहीन भएका सात किशोरी भारतमा फेला परेका छन् । भारतीय प्रहरीले भारतको सीतामढीमा किशोरीहरुलाई भेटिएको आफन्तलाई जानकारी गराएको हो ।

किशोरीहरु कसरी त्यहाँ पुगे भन्ने खुलिसकेको छ । उनीहरुलाई नेपाल त्याउने प्रक्रिया सुरु गरिएको छ । आफन्त र प्रहरी सीतामढीतर्फ जाँदै गरेको बताइएको छ ।

आफन्तले किशोरीहरु हराएको भारतीय प्रहरीलाई समेत जानकारी गराएका थिए । आफन्त रामटहल पासवानले किशोरीको खोजीमा सहयोग गरिदिन भारतीय प्रहरीलाई अनुरोध गरेका थिए ।

बुधबार बिहान भारतीय प्रहरीले किशोरीहरु फेला परेको जानकारी परिवारलाई गराएको आफन्तले जानकारी दिएका छन् ।

मंगलबार दिउँसो महोत्तरीको भंगहा नगरपालिका–८, धरमपुरका १२ वर्षीय सीमा पासवान, १२ वर्षीय रञ्जन पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान घाँस काट्न भनी घरबाट निस्किएका थिए । त्यसपछि उनीहरु सम्पर्कविहीन बनेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro