site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुरातत्व विभागले हटाएन वसन्तपुरका अनधिकृत व्यापार
SkywellSkywell

काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तगर्तको सम्पदा, संस्कृति तथा पर्यटन विभागले गएको फागुन १४ गते हनुमानढोका दरबार क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका व्यापार–व्यवसायलाई हटाउन भन्दै पुरातत्व विभागलाई पत्र काट्यो ।

महानगरले पठाएको उक्त पत्रानुसार एक हप्तामा अनधिकृत रूपमा सञ्चालनमा रहेका व्यापार–व्यवसाय पुरातत्व विभागले हटाउनुपर्थ्यो । तर, विभागले अहिलेसम्म पनि अनधिकृत व्यापार हटाएको छैन । विभागले त्यस्ता व्यापार हटाउन कुनै पहल नगरेको भन्दै महानगरले असन्तुष्टि जनाएको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्य आफूहरूले पटक–पटक पुरातत्व विभागलाई अनधिकृत व्यापार हटाउन ताकेता गर्दै आएको बताउँछन् । महानगरले वसन्तपुरको वारुणयन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिरको व्यापार हटाउन विभागलाई ध्यानाकर्षण गराउँदै उनले बताए ।

KFC Island Ad
NIC Asia

‘‘पहिले त्यो क्षेत्र परम्परागत र बटुवामैत्री थियो । त्यस्ता क्षेत्र खाली गरी सम्पदा क्षेत्रको महत्व जोगाउन भनेका थियौँ । अहिले उक्त मन्दिर आसपास बाटो छेक्ने गरी अनधिकृत व्यापारिक प्रयोजन भइरहेका छन्,” उनले भने, ‘‘हामीलाई जानकारी भएअनुसार पुरातत्व विभागले भाडामा लगाई व्यापारिक प्रयोजन गराइरहेको छ । पुरातत्व विभागलाई हामीले कैयौँपटक मौखिक रूपमा जानकारी गरायौँ । पुरातत्वले चासो देखाएन । पछि पत्राचार गर्‍यौँ । अब जतिसक्दो छिटो हटाइयोस् ।”

स्थानीयले अनधिकृत रूपमा सञ्चालनमा रहेका व्यापार–व्यवसायले आफूहरूलाई असहज भएको गुनासो गर्दै आएका छन् । सोही गुनासोलाई मध्यनजर गर्दै महानगरले पुरातत्व विभागलाई दोस्रोपटक ताकेतापत्र पठाइसकेको छ । तर पनि विभागले कुनै कदम नचालेको महानगरको भनाइ छ ।

Royal Enfield Island Ad

स्थानीय सरकार सञ्चालन ऐन २०७४, काठमाडौं भवन निर्माण मापदण्ड २०७५ र प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार वसन्तपुर, हनुमानढोका दरबार क्षेत्रका प्राचीन सम्पदाको संरक्षण, मर्मत तथा जीर्णोद्वार र अनधिकृत व्यापार–व्यवसाय हटाउने अधिकार विभागलाई छ ।

समन्वय भएन...
अनधिकृत व्यापार हटाउन सम्बन्धित निकायले एकापसमा समन्वय नगरेको स्थानीय बताउँछन् । स्थानीय करिष्मा श्रेष्ठले तत्काल सबै निकायले छलफल गरेर चाँडो टुंगोमा पुग्नुपर्ने बताइन् ।

अनधिकृत व्यापार मौलाउँदै गएको उनको भनाइ छ । ‘‘यस्ता किसिमका व्यापार–व्यवसायले विश्व सम्पदाको अस्तित्व संकटमा छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र अहिले पर्यटक घुमाउनलायक छैन । अहिलेको समय विदेशी पर्यटक आइसकेको समय होइन । यही मौकामा सबै निकाय एक ठाउँमा आएर वसन्तपुर व्यवस्थापनमा लाग्ने हो भने पुरातत्वमैत्री वसन्तपुर बनाउन सकिन्छ,” उनले भनिन् । अहिले वसन्तपुरको तलेजु भवनमा कपडा, जुत्ता–चप्पल, सिरक–डस्ना, मोबाइललगायत व्यापार भइरहेको छ ।

विभाग भन्छ– प्रक्रिया अघि बढ्दै छ  
महानगरले वसन्तपुर दरबार क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागले कुनै कदम नचालेको दाबी गरे पनि विभागले भने त्यसमा सत्यता नरहेको जनाएको छ ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रका अनधिकृत व्यापार हटाउने प्रक्रियामा विभाग लागेको बताउँछन् । उनले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सम्पदामा हुने अनधिकृत व्यापार हटाउन विभाग लागिपरेको दाबी गरे ।

‘‘त्यस ठाउँलाई त्यहीँको पहिचान र संस्कृतिअनुसार राखिनुपर्छ । सबै पक्षसँग छलफल गरी प्रक्रियागत रूपमा अघि बढौँ भन्ने योजना छ,” उनले भने, ‘‘हामी महानगरको पत्रप्रति सकारात्मक छौँ । हनुमानढोका दरबार क्षेत्र संग्रहालय विकास समितिको बैठक बोलाएर जतिसक्दो छिटो निर्णयमा पुग्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro