site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पठाओ र ट्याक्सी चालकबीच दैनिक झडप :  भोलिदेखि पठाओ चल्न नदिइने !

काठमाडौं । पछिल्ला दिनमा पठाओ र ट्याक्सी चालकबीच लगातार विवाद र झडप भइरहेका छन् । ट्याक्सी चालकले आफ्ना ग्राहकसहित पार्किङ क्षेत्रसमेत पठाओले कब्जा गरेको आरोप लगाएका छन् ।

विवाद बढेपछि दुवै पक्षबीच दैनिकजसो भनाभन र झडप हुन थालेको छ ।

यातायात व्यवस्था विभागले टुटल र पठाओ सम्बन्धी ऐनको मस्यौदा भौतिक तथा यातायात मन्त्रालयमा पठाए पनि मन्त्रालयले अघि नबढाउँदा नियममनमा समस्या भएको भन्दै ट्राफिक प्रहरीले बुधबारदेखि पठाओ सञ्चालनमा रोक लगाउने बताएको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बाह्रखरीसँग कुरा गर्दै बुधबारदेखि पठाओ सञ्चालनमा रोक लगाउने बताए ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसाल पठाओ र टुटलमा सरकारले नियमन गर्न नसकेको स्वीकार्छन् ।
उनी पठाओ र टुटल विभागको क्षेत्रभित्र नपर्ने बताउँदै आएका छन् ।
पठाओ राइडरका अनुसार अहिले भइरहेको विवाद कालो नम्बर प्लेट र रातो नम्बर प्लेटको हो । 

रामेछापका २४ वर्षीय पठाओ राइडर आशिष कार्कीका अनुसार सहरमा व्यावसायिकरुपमा कालो नम्बर प्लेट भएका ट्याक्सीले मात्रै पठाओ प्रयोग गर्न पाउँछन् । 

‘‘तर रातो नम्बर प्लेटका टुटल पठाओ राइडरले चोकचोकमा बसेर यात्रु बोक्न थालेपछि दैनिक झडप भइरहेको छ,” उनले भने ।

कतिपय चालकले पठाओको कपडा लगाएर सीधै यात्रु बोकेको हुँदा यसले ट्याक्सी र पठाओ दुवैलाई समस्यामा पारेको उनी बताउँछन् ।

“पठाओ कम्पनीका नाममा जोसुकैले पनि पठाओको कपडा बिक्री गरिरहेका छन् । यसले गर्दा मर्का परेको छ । पठाओ कम्पनीले आफ्नो व्यवसाय मात्रै हेरेको छ,” उनले भने ।

सन् २०१६ मा सञ्चालन आएको नेपाली अनलाइन सवारी बुकिङ सेवा ‘टुटल’ सञ्चालनमा आएको थियो ।  सन् २०१८ मा बंगलादेशी कम्पनी ‘पठाओ’ ले सञ्चालनमा आएको थियो । 

अनलाइनबाट चलाउनुपर्नेमा अफलाइन चलाउँदा समस्या

बजारमा पठाओको कपडा जथाभावी बिक्री हुँदा अहिले अफलाइन राइडर गर्नेहरु धेरै छन्  । यसमा पठाओ कम्पनी बेखबर छ । राइडर कार्की भन्छन्, ‘‘हामीले पठाओ कम्पनीमा मोटरसाइकल दर्ता गरेर मात्रै चलाउँछौँ । यसकै बीचमा अफलाइनवाला राइडर आएर यसको विरोध भएको हो । राज्यले पठाओ सम्बन्धी प्रभावकारी निर्देशन नगर्दा झडप बल्झिइरहन्छ । केही दिनअघिमात्रै दरबारमार्ग, बागबजार, नयाँ बानेश्वर, कलंकी, बालाजु, सामाखुसीमा घटना भएका छन् ।”

विभागका प्रवक्ता भुसाल भन्छन्, “पठाओ र टुटल यातायात व्यवस्था विभागको दायराभित्र पर्दैनन् । हामीले केही गर्न सक्दैनौँ । यस्ता कम्पनीहरु कानुनी रुपमा यातायात व्यवस्था ऐन अन्तर्गत आए मात्रै हामीले कारबाही गर्न मिल्छ ।”  

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थामा आएको अस्तव्यस्तताको कारक पठाओ बन्दै आएकाले भोलिदेखि चल्न नदिइने जनाएको छ । 

महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारी सडकका हुल बाँधेर बस्ने, सडक अवरुद्ध गर्ने लगायतका गतिविधिले ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको बताउँछन् । 
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro