site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
 सात महिनामा २० करोड दावीसहित विभागमा उजुरी

काठमाडौं । मोरङ पथरी–९ का पदमसिंह तामाङले पोल्यान्ड जान भनेर चार लाख २० हजार रुपैयाँ एजेन्टलाई बुझाए । वैदेशिक रोजगारीमा साउदी र मलेसिया पुगेर फर्किइसकेका तामाङलाई पोल्यान्ड जाने र सुनौलो भविस्य बनाउने रहर जाग्यो । चितवन जगापुरका सन्तलामा घिसिङले पोल्यान्ड पठाइदिने भनेपछि तामाङले उनलाई पैसा दिए । सन्तले मोरङ उर्लाबारीका ज्ञानेन्द्र तामाङ, इटहरीका देवराज अधिकारी र अनिल योञ्जनलाई पोर्चुगल पठाइदिन्छु भन्दै ४ लाख २० हजारका दरले पैसा लिए । 

बुद्ध शान्ति गाउँपालिका–२, पाँचथरका रुद्र प्रसाद घिमिरेलाई सिंगापुर जान भनेर झापाका डम्वर चौधरीलाई ६ लाख रकम बुझाए । उनलाई एकवर्ष अगाडि सिंगापुर पठाइदिने भन्दै मलेसियासम्म पुर्याएर नेपाल नै फर्काइयो । नेपाल फर्किए पछि घिमिरेले आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी गरे । यस्तै काठमाडौं महानगरपालीका–६ का पेमा डिकी शेर्पालाई जापान पठाइदिने भन्दै पुस्पलाल निर्मल श्रेष्ठले १६ लाख २० हजार रुपैयाँ लिए । तर, पैसा लिएको महिनौं बितिसक्दा पनि जापान नपठाएपछि गत मंसिर १५ गते विभागमा उजुरी दिएका छन् । 

Dabur Nepal

विदेश पठाउन भन्दै साउनदेखि पुससम्म १६१ वटा व्यक्तिगत ठगिको उजुरी विभागमा परेको छ । पीडितले साउनदेखि पुससम्म मात्रै १५ करोड ३३ लाख ७५ हजार ८१ रुपैयाँ माग दावीसहित उजुरी दिएका छन् । जसमध्ये ५८ जनाले १० करोड ५४ लाख २९ हजार ५०० रकम विगो दावीसहित अदालतमा मुद्दा दायर भएको छ । 

यस्तै गत माघ माहिनामा मात्रै ४ करोड ३६ लाख २० हजार रुपैयाँको दावीसहित विभागमा ६३ वटा उजुरी परेका छन् । जसमध्ये ६ जनाले ९ करोड ४४ लाख विगो दावीसहित अदालतमा मुद्दा दायर गरेका छन् । साउनदेखि माघ मसान्तसम्ममा २२४ जनाले १९ करोड ६९ लाख ९५ हजार रुपैयाँ दावीसहित विभागमा उजुरी परेका छन् । जसमध्ये ११ करोड ४८ लाख ६९ हजार ५ सय दावीसहित अदालतमा मुद्दा परेको छ । 

मंसिरदेखि यता विभागले ३१ वटा मेनपावरमा विभागको अनुगमन शाखाले अनुगमन गरेको छ । जसमध्ये ६ वटा मेनपावरमा मात्रै केही नभेटिएको विभागले जनाएको छ । अनुगमन भएका मध्ये ७ वटा मेनपावर जरिवानामा परेका छन् । १३ वटा वटा मेनपावरको कारोबार रोक्का भएका छन् । मंसिरदेखि यता ४ वटा कम्पनीको कारोबार फुकुवा भएको विभागले जनाएको छ । 

कोरोनाको खोप सुरु भएसँगै युवा विदेश जानका लागि मेनपावर र दलालको सम्पर्कमा पुग्ने गरेका छन् । विदेश पठाइदिन्छु भन्दै मोटो रकम लिएर विदेश नपठाउने, अलपत्र पार्नेहरुलाई विभागले अनुगमन गर्दै आएको छ । 

विभागको कारबाहीले मेनपावर व्यवसायी रुष्ट 
विभागले मेनपावर कार्यालयहरुमा छापा हान्ने क्रम बढाएसँगै रुष्ट बनेका व्यवसायीहरु केही समय अगाडि महानिर्देशको कार्यकक्षमै पुगेर विरोध जनाएका थिए । छापा हान्नुभन्दा अगाडि व्यावसायी संघलाई सोध्नु पर्नेदेखि वैदेशिक रोजगार ऐन २०६४ समय सापेक्ष परिवर्तन गर्नु पर्ने मागसहित २१ बुँदे माग राखेका छन् । हालसम्म व्यावसायीको समस्या समाधानको लागि छुट्टै समिति बने पनि माग सम्वोधन हुन सकेको छैन । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  ०८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro