site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विभागले म्यानपावरमा छापा हान्नुअघि मन्त्रीलाई सोध्नुपर्ने ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रालय गौरीशंकर चौधरीले पद सम्हालेको केही दिनमै एउटा निर्णय गरे । त्यो निर्णय थियो वैदेशिक रोजगार विभागले ६ महिना कारोबार रोक्का गरेको एसओएस म्यानपावर मन्त्रीकै आदेशमा फुकुवा भयो ।

उक्त म्यानपावरले गैरकानुनी रुपमा कतारमा श्रमिक पठाउन लागेकाले वैदेशिक रोजगार ऐन २०६४ विपरीत भएको भन्दै विभागले ६ महिनाका लागि कारोबार रोक्का गरेको थियो । वैदेशिक रोजगार विभागबाट म्यानपावर कम्पनीलाई निलम्बनमा राखी छानबिन भइरहेकै बेला मन्त्री चौधरीले फुकुवा गरेका हुन् ।

केही महिनाअघि कतार प्रहरीमा गैरकानुनी रुपमा कामदार पठाउन लागेको भनेर एसओएस, डीडी ह्युमन रिसोर्सेस र होप इन्टरनेसनलाई ६ महिना कुनै पनि देश कामदार पठाउन नपाउने निर्णय गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सबैभन्दा धेरै युवालाई विदेश पठाउने म्यानपावरले नै अवैध रुपमा श्रमिक पठाएको भन्दै कारबाही गरेकामा फुकुवा गरेका थिए । उनले विभागमा पठाएको पत्रमा भनिएको छ,“विभागबाट मंसिर ८ मा खटिएको आकस्मिक अनुगमन टोलीले तयार गरेको खानतलासी तथा बरामदी मुचुल्कामा उल्लेख भएबमोजिम एसओएसले वैदेशिक रोजगार ऐनको दफा १५ र १६ विपरीत कामकारबाही गरेको पुष्टि हुने कागजात प्रमाण बरामद भएको नदेखिएकोसाथै विभागबाट मंसिर ८ गते नै ऐनको दफा ६१ को उपदफा ७ बमोजिम संस्थाको हाल ६ महिनाका लागि सम्पूर्ण कामकारबाही निलम्बन गर्ने गरी भएको निर्णय प्राकृतिक न्यायिक सिद्धान्तविपरित एवं कानुनसम्मत भएको नदेखिँदा विभागबाट गरिएको उक्त निर्णय बदर गरी एसओएसले नियमित कामकारबाही गर्न पाउने निर्णय गरिदिएँ ।”

पत्रकारको प्रश्नमा मन्त्री मौन
फागुन २ गते मन्त्री चौधरी आफ्नो मन्त्रालयको चालु आर्थिक वर्ष ०७७/७८ को अर्धवार्षिक र समग्र प्रगतिबारे पत्रकारलाई बताउन मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

मन्त्रालयले आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा उपस्थित पत्रकारले गरेको प्रश्नको जवाफ मन्त्रीले दिनै सकेनन् ।  त्यो प्रश्न थियो, “एसओएस म्यानपावर फुकुवा किन, के आधारमा ?” निकै विवादित बनेको यो विषयमा मन्त्री चौधरी चुँइक्कसम्म पनि बोल्न चाहेनन् ।

छापा हान्ने क्रम तीव्र
वैदेशिक रोजगार विभागले पछिल्लो समय म्यानपावरहरूमा छापा मार्ने क्रम तीव्र बनाएको छ । विभागले काठमाडौंमा मात्रै नभएर देशका विभिन्न ठाउँहरूमा पुगेर छापा हानेको छ ।

विभागको अनुगमन शाखाले मात्रै मंसिरयता ३३ वटा म्यानपावरमा छापा हानेको छ । छापा हानेकामध्ये ६ वटा म्यानपावरबाट मात्रै विभाग खाली हात फर्किएको छ । दुईवटा कानुनी शाखामा अनुसन्धान जारी रहेको विभागले जनाएको छ । यस्तै विभागले ६ म्यानपावर कम्पनीलाई जरिवाना तिराएको छ । १३ वटा म्यानपावरलाई भने विभागले कारोबार नै रोक्का गरेको छ । विभागले तीनवटा म्यानपावरलाई भने कारोबार फुकुवा गरेको छ । यस्तै बाँकी म्यानपावर भने अनुसन्धानकै क्रममा रहेको बताएको छ ।

आफूलाई नसोधी छापा नहान्न विभागलाई दबाब दिँदै मन्त्री
विभागले पछिल्लो समय छापा हान्ने क्रम बढाएपछि श्रम, रोजगार तथा सामाजिक मन्त्रालय गौरीशंकर चौधरी विभागलाई छापा हान्नुभन्दा पहिले आफूसँग समन्वय गर्न दबाब दिन लागेका छन् ।

“विभागले छापा हान्ने क्रम बढाएपछि मन्त्रीज्यूले छापा हान्नुभन्दा पहिले आफूलाई सोध्नू भनेका छन्,” विभागका एक कर्मचारीले भने, “मन्त्रीको यो आदेशले विभागको मनोबल गिरेको छ ।” विभागमा आएको उजुरीका आधारमा गैरकानुनी रुपमा पैसा उठाउने, ठगी गर्ने, विदेशमा अलपत्र पार्ने म्यानपावरहरूमा छापा हान्ने गरेको छ । तर मन्त्रीको यो आदेशपछि विभागले मन्त्रीलाई सोधेर छापा हान्नुपर्ने भएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १९:११
प्रतिक्रिया दिनुहोस्