site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
४३ खर्ब रेमिट्यान्सका लागि ३ हजारको ज्यान गुम्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगारी युवाहरुको रहर मात्र हैन बाध्यता हो । स्वदेशमा विकराल बन्दै गएको रोजगारीको अभावले दैनिक सयौंको नेपाली युवा विदेशिने गरेका छन् ।

यसरी बाहिरिने नेपाली युवा श्रमिक अर्थात् अदक्ष जनशक्ति मात्र नभएर सीमितको संख्यामा दक्ष पनि छन् । यी युवाले परिवारको जीवनस्तर उकास्न, आर्थिक स्थिति सबल बनाउन मात्र नभएर देशकै अर्थतन्त्रमा उल्लेखनीय योगदान दिने गरेका छन् । वैदेशिक रोजगारीका कारण भएको विप्रेषण आप्रवाह (रेमिट्यान्स) पछिल्लो १० वर्षमा कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा औसत २५ प्रतिशत छ । गरिबी न्यूनीकरणमा पनि वैदेशिक रोजगारीको भूमिका अन्य कारकसँग अतुलनीय छ ।

वैदेशिक रोजगारी व्यक्ति, परिवार, समाज र राज्यमा आर्थिक उन्नतिको अभिन्न अंग बन्दै गर्दा यसको तीतो पक्ष नकार्न सकिन्न । वैदेशिक रोजगारीमा गएर बिरामी हुने, दुर्घटनामा पर्नेको संख्या धेरै छ । यो तीतो पक्ष स्वदेश फर्केरै नआउनेको संख्याले पनि उजागर गर्छ । हाल संस्थागत रुपमा नेपालले वैदेशिक रोजगारीका लागि ११० देश खुला गरेको छ । तर नेपालीहरु अन्य देशमा समेत जाने कारण समस्यामा परेको पाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो साढे पाँच वर्षमा नेपालले ४३ खर्ब रुपैयाँभन्दा बढी विप्रेषण प्राप्त गरेको छ । पाँच वर्षको अवधिमा दुई हजार ९१४ नेपालीले विदेशमा ज्यान गुमाएका छन् । यस्तै १५ देशमा ५०५ नेपाली जेलमा छन् ।

पाँच वर्षकै अवधिमा एक हजार २६० जनाको अंगभंग भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । अंगभंग हुनेको संख्या यति मात्र नभएको बोर्डको दाबी छ । कतिपय बोर्डको सम्पर्कमा नआउँदा उल्लेखित मृतक, अंगभंग हुने वा जेलमा पर्नेको संख्या अझै बढी पनि हुन सक्ने बोर्ड बताउँछ ।

Global Ime bank

जेलमा बस्ने नेपालीको संख्या वैदेशिक रोजगारीको एक प्रमुख गन्तव्य मलेसियामा २२३ छ । यस्तै कुवेतमा ११९ जना नेपाली जेलमा रहेको परराष्ट्र मन्त्रालयको तथ्यांक छ ।

तथ्यांकले २० वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या १४६ गुणाले बढेको देखाउँछ । आर्थिक वर्ष ०५०/५१ मा तीन हजार ६०५ ले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएका थिए । त्यसको २० वर्षपछि अर्थात् आव ०७०/७१ मा सार्वधिक पाँच लाख २७ हजार ८१४ जनाले श्रम स्वीकृति लिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्ला वर्षमा श्रम स्वीकृति लिने संख्या केही घटेको छ ।

११ वर्षको अवधिमा नेपालमा विप्रेषण आप्रवाह ५ गुणाले बढेको छ । आर्थिक वर्ष ०६५/६६ मा दुई खर्ब नौ अर्ब रुपैयाँ विप्रेषण स्वेदश भित्रिएकामा आव ०७६/७७ मा आठ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स दिनानुदिन बढ्दो छ । आर्थिक वर्ष ०७१/७२ मा अघिल्लो आवको भन्दा १२ प्रतिशत बढी अर्थात् ६ खर्ब १७ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो ।

यसैगरी आव ०७२/७३ मा ६ खर्ब ६५ करोड, आव ०७३/७४ मा ६ खर्ब ६५ अर्ब, आव ०७४/७५ मा ६ खर्ब ९५ अर्ब, आव ०७५/७६ मा ७ खर्ब ५५ अर्ब, आव ०७६/७७ मा ८ खर्ब ७९ अर्ब रुपैयाँ विप्रेषण प्राप्त भएको छ ।

यस्तै चालु आवको पहिलो अर्धवार्षिक अवधिमा चार खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भइसकेको छ ।

पछिल्लो समय विदेशिनेको संख्या भने घटेको छ । आर्थिक वर्ष ०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारमा गएका नेपालीको शव त्रिभुवन विमानस्थलबाट बुझेर बाहिरिँदै आफन्तजन । फाइल तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

चालु आवको पहिलो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटिसकेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६८.९ प्रतिशतले घटेको छ ।

किन दोहोरिन्छन् ठगी, हत्या, मृत्यु, दुर्घटना र अंगभंगका घटना ?
युवाहरु विदेशको श्रम बजारबाट नेपालमा मनग्गे पैसा पठाएका छन् । तर, विदेशबाट फर्कने सबै सकुशल नै हुन्छन् वा फर्कन्छन् भन्ने पक्का छैन ।

नेपाली अर्थतन्त्रको प्रमुख आयाम वैदेशिक रोजगारीमा जाने धेरैले कामकै सिलसिलामा ज्यान गुमाउने गरेका छन् । यसरी नेपालीहरु सडक दुर्घटना, खानपान नमिलेर ज्यान गुमाउने गरेको पाइएको छ ।

यस्तै हजारौंको संख्यामा विदेशको जेलमा नेपाली छन् । उनीहरुलाई उद्धारका लागि सरकारले सोचेअनुसार काम नगरेको पाइन्छ । कानुनी अड्चन र झन्झटिलो प्रक्रियाले विदेशी जेलमा रहेका नेपालीहरुका लागि कानुनी उपचार गर्न नसकिएको वैदेशिक रोजगार बोर्डका कल्याण, पुनर्स्थापना तथा सञ्चार शाखाका निर्देशक डम्बरबहादुर सुनुवार बताउँछन् ।

कन्सुलर सेवा विभागका निर्देशक जंगबहादुर गुरुङ पनि विदेशमा जेलमा पर्नुको कारण सडक दुर्घटना र हत्या, चोरी र त्यहाँको कानुनको ज्ञान नभएको कारण धेरै नेपाली जेलमा पुगेको दाबी गर्छन् । “केही मानिस त नेपालमा प्रयोग गरिने औषधि विदेश पठाउँदा, त्यो देशमा गैरकानुनी मानिएकाले समेत जेलमा परेको घटना छन् ।” उनका अनुसार अलेखबद्ध भएर काम गरेको कारण पनि धेरै मानिसहरु जेल सजाय काटिरहेका छन् ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने धेरै मानिस गन्तव्य मुलुकामा कसरी दैनिक जीवन चलाउने कुरा थाहा नपाएका कारणले पनि धेरै मानिसको ज्यान जाने गरेको सरकारी अधिकारीको दाबी छ ।

“वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विदेशमा मृत्यु हुने, अंगभंग हुनेको संख्या श्रमिकको संख्या बढेको छ,” वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले भने, “यसरी विदेशी भूमिमा श्रमिक मृत्यु हुनु र घाइते हुनुको कारण अभिमुखीकरण तालिम नलिएर गएको कारण भएको हो ।”

बेलुका सकुशल सुतेको मानिस बिहान उठ्दा मृत्यु भएको भन्ने घटना धेरै छन् । तातो घाममा काम गरेर राति एसी चलाएर सुतेको र खानपानमा ध्यान नदिएको कारण घेरै नेपालीको मृत्यु भएको पाइएको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय