site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब विदेश जाने श्रमिकले नयाँ पाठ्यक्रम अनुसार अभिमुखीरण तालिम लिन पाउने

काठमाडौं । वैदेशिक रोजागरीमा जानुपर्ने पूर्वप्रस्थान अभिमुखीकरण तालिमको नयाँ पाठ्यक्रम बनेको छ । पहिले वैदेशिक रोजगारीमा जाने सबैले एउटै पाठ्यक्रमअनुसार तालिम लिनुपर्ने बाध्यता थियो । अहिले बनेको पाठ्यक्रमअनुसार देशगत रुपमा पाठ्यक्रम बनेको वैदेशिक रोजगारी बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ जनाए ।

ऐनमा तालिम प्रदायक संस्थाहरुले तालिम दिन विभागले स्वीकृति दिएको हुनुपर्ने व्यावस्था छ । तालिम दिँदा विभागले स्वीकृति दिएको हुनुपर्ने व्यावस्था छ ।  बोर्डले निर्धारण गरेको शुल्कका आधारमा तालिम लिनुपर्ने व्यावस्था छ । “वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विदेशमा मृत्यु हुने, अंगभंग हुनेको संख्या श्रमिकको संख्या बढेको छ,” निर्देशक श्रेष्ठले भने, “यसरी विदेशी भूमिमा श्रमिक मृत्यु हुनु र घाइते हुनुको कारण अभिमुखीकरण तालिम नलिएर गएको कारण भएको हो ।”

नेपालबाट वैदेशिक रोजगारीमा जाने अधिकांश अदक्ष कामदार जाने गरेका छन् । यसरी जाँदा विदेशमा दैनिक आइपर्ने काम नै नजानेको कारण दुर्घटनामा पर्ने उनी बताउँछन् ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने धेरै मानिस अर्धदक्ष छन् । उनीहरु विदेशमा के-कस्तो कामका लागि जाने भनेर नबुझी गएको कारण मृत्युसमेत भएको बताउँछन् । यसरी विदेशमा मृत्यु हुनेको संख्या बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, रास्ट्रिय अनुसन्धान आयोग तथा विज्ञहरुले दिएको सुझावका आधारमा नयाँ तालिमको व्यावस्था गरिएको श्रेष्ठले जनाए ।

“बोर्डले पाठ्यक्रम र कार्यविधिसमेत समयानुकूल रुपमा परिवर्तन गरेको हो,” श्रेष्ठले जनाए । 

पाठ्यक्रम कार्यान्वयनमा कसरी ल्याउने ?
पाठ्यक्रम बनाउँदा पहिलेको भन्दा धेरै फराकिलो रुपमा बनाइएको छ । कामदारले विदेशी भूमिमा काम गर्दा उसको स्वास्थ्यलाई धेरै ध्यान दिइएको निर्देशक श्रेष्ठ बताउँछन् । नयाँ पाठ्यक्रममा शारीरिक स्वास्थ्यको मात्र नभएर मानसिक स्वास्थ्यको समेत ख्याल गरिएको श्रेष्ठ बताउँछन् ।

“कामदारलाई स्वदेश नफर्कने बेलासम्म कसरी सुरक्षित बनाउने । उसको आयस्रोत कसरी बढाउने, श्रमिकले विदेशमा हुँदा नबुझी नहुने कुराहरुको जानकारी दिने गरी पाठ्यक्रम बनाएका छौं,” देशगत रुपमा समेत पठ्यक्रम बनाएको बताउँदै उनी थप्छन्, “अब मलेसिया जानेले खाडी मुलुकबारे बुझ्नु पर्दैन ।”

पहिले विद्यालयको कक्षामा बसेजसरी तालिम लिनुपर्ने व्यवस्था हटेको सुनाउँदै उनीले अबको तालिमको ६० प्रतिशत कक्षा अडियो-भिजुअल बनाएको बोर्डले जनाएको छ । फागुनभित्र अनुशिक्षणको व्यवस्था गर्ने बोर्डले तयारी गरेको छ । त्यसपछि लिखित निर्देशन दिएरै तालिमप्राप्त तालिम प्रदायकले तालिम दिन सुरु गर्नेछ । योपटकदेखि भने अनलाइनबाटै सुपरीवेक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

पुरानो पाठ्यक्रममा ८ घण्टाको मात्र तालिम दिने व्यवस्था थियो भने योपटक १२ घण्टामा पुर्‍याइएको छ । ६ वटा क्लस्टर बनाएर त्यस क्षेत्रको देशको बारेमा र कामदारले भोग्ने समस्या समाधानका लागि तालिम दिने व्यवस्था बनाएको बोर्डले जनाएको छ । रोजगारीमा जाने श्रमिकले तिनै क्लस्टरअनुसार मात्रै पढ्नेछन् ।

के छ पाठ्यक्रममा
पाठ्यक्रममा दुईवटा खण्ड छन् । पहिलो खण्डमा घरबाट निस्किएर विदेशमा रोजगारदाताकोमा नपुगुन्जेल उसले गर्नुपर्ने कुराहरु अडियो भिजुअल रुपमा सिकाइन्छ ।

दोस्रो खण्डमा भने विदेशमा कमाएको पैसा बचत गर्ने तरिकासमेत समावेश गरिएको छ  । यसका सथै विदेशमा नभइ नहुने श्रम कानुनबारे समेत दोस्रो खण्डमा सिकाइनेछ ।

विदेशमा रोजगारीका लागि गएका धेरै नेपालीले त्यहाँ प्रतिबन्धित काम गरेको कारण धेरैजना जेल पुगेका कारण गन्तव्य मुलुकमा गर्न नहुने कामबारे पनि जानकारी नेपालमै दिइनेछ । “अहिलेको पाठ्यक्रम पहिलेभन्दा धेरै राम्रो छ,” तर कार्यान्वयनका लागि सबैको भूमिका उत्तिकै भएको सुनाउँदै निर्देशक श्रेष्ठ भन्छन्, “जाने र पठाउने दुवै पक्ष इमानदार भयो भने पाठ्यक्रमको सही सदुपयोग हुन्छ ।” 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro