site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् बैठक बसेर ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ : प्रचण्ड
SkywellSkywell

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने तर्क गरेका छन् ।

शनिबार कैलालीको धनगढीमा आयोजित विरोधसभामा उनले सभामुखले बैठक बोलाउने र दुईतिहाइ सांसद्ले प्रधानमन्त्रीलाई कारबाही गर्ने हैसियत राख्ने जिकिर गरे । विघटित प्रतिनिधिसभाका अधिकांश सांसद् संसद् पुनःस्थापनाको पक्षमा रहेको उनले दाबी गरे ।

KFC Island Ad
NIC Asia

नेपालको संविधानले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको उनले बताए । ‘‘उहाँले जबर्जस्ती गर्नुभयो । संसद् जीवित छ,’’ प्रचण्डले भने ।

संसद् विघटन नभएको उनको भनाइ छ । ‘‘संसद् भंग भएको छैन । संविधानलाई कुल्चेर भंग भयो भन्दैमा हामीले मान्नुपर्ने छ र ? केपी सरकार विघटन भयो भन्ने मेरो भनाइ छ,’’ उनले भने ।

सर्वोच्च अदालतले संविधानलाई राम्रोसँग बुझ्छ भन्ने आफूहरुको विश्वास रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले जनताको सार्वभौम अधिकारमाथि कुल्चिएको आरोप उनले लगाए । उनले ओलीलाई ‘कम्युनिस्ट पार्टीभित्र घुसेका सामन्तका एजेन्ट’को संज्ञा पनि दिए ।

तस्बिरः प्रचण्डको फेसबुकबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro