राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बनेको कांग्रेस केन्द्रीय समितिको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो ।
यही माघ १९ गते कांग्रेसको भातृसंगठनले विरोध प्रदर्शन गर्ने, २४ गते कांग्रेसको शुभेच्छुक संस्थाले प्रदर्शन गर्ने र ३० गते जिल्ला कार्यसमितिहरुको नेतृत्वमा प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरेको हो ।
राष्ट्रिय रुपमा भने आन्दोलन तय गरिएन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राष्ट्रिय रुपमै आन्दोलनका कार्यक्रम तय गर्नुपर्ने आवाज उठाए पनि केन्द्रीय समितिले निर्णय नगरेको हो ।
फाइल तस्बिर ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७ १६:४५
प्रतिक्रिया दिनुहोस्