देश
काठमाडौं । पाकिस्तानको माउन्ट के टु चढेर १० नेपाली स्वदेश फर्किएका छन् । उनीहरुले जाडो मौसममा चढेर विश्व कीर्तिमान कायम गरेका हुन् । १० नेपाली शेर्पाले शनिबार साँझ ५ बजे के टुको शिखर पुगेका थिए ।
निर्मल पुर्जाको नेतृत्वमा गएका मिङ्मा डेभिड, मिङ्मा तेन्जी, मिङ्मा ग्याल्जी, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेम छिरी शेर्पा, किलु पेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा सहभागी थिए ।
माउन्ट के टु विश्वको दोस्रो अग्लो हिमाल हो । के टु समुद्र सतहबाट ८ हजार ६११ मिटर उचाइमा रहेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७ ०९:२२
प्रतिक्रिया दिनुहोस्