![भायानेटको ईएमआई अफर](https://12khari.top/uploads/posts/2021-01-21_Vianetlogo.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । भायानेटले ईएमआई अफर ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एकमुष्ट रकम नतिरी ईएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरल रुपले शुल्क तिर्न सक्नेछन् ।
यो अफरमार्फत ग्राहकले १२ महिनाको अवधिको मासिक ईएमआई १९५६ तिरेमा पाउने जनाइएको छ । १२ महिनाको अवधिको ३० एमबीपीएस इन्टरनेट र भायाटीभी टेलिभिजन प्याकेज र त्यससम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाई डिभाइस र एउटा सेट-टप-बक्स (वैकल्पिक) सहित रहेको कम्पनीले जनाएको छ ।
यो अफर हाल एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकका लागि सीमित रहेको कम्पनीले जनाएको छ । तर छिटै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने भायानेटले जनाएको छ ।