site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले यही असार १८ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको हो ।

अन्तरिम आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारको निर्णयमा रोक लागेको छ । अब आवेदन दिएर अन्तर्वार्ता र प्रस्तुतिमा संलग्न भएका दुईजनामध्येबाटै अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने छ ।

Dabur Nepal
NIC Asia

बोर्डको अध्यक्ष सिफारिस समितिले पाँचजनाको नाम सर्ट लिष्ट गरेको थियो । कानुनी व्यवस्थाअनुसार कम्तीमा तीनजनाको नाम अध्यक्षका लागि सिफारिस गर्नुपर्नेमा दुईजना मात्र भएको भन्दै प्रक्रिया रद्द गरेको थियो । उक्त निर्णयविरुद्ध यही असार १७ गते अध्यक्षका आकांक्षी मध्येका सन्तोेषनारायण श्रेष्ठले रिट दायर गरेका थिए ।

उक्त रिटमा असार १८ गते न्यायाधीश मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । शुक्रबार न्यायाधीशद्वय प्रधान र ढकालको इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको हो ।

बोर्डको अध्यक्षका लागि सर्टलिष्टमा पर्नेमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोषनारायण श्रेष्ठ थिए ।

सर्टलिस्टमा परेकामध्ये सन्तोषनारायण र मुक्तिनाथले व्यावसायिक प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिएका थिए । धितोपत्र ऐनअनुसार मन्त्रिपरिषद्मा तीनजनाको नाम सिफारिस गर्नुपर्नेमा दुई जनामात्र प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भएपछि समितिलाई टाउको दुखाइको विषय भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro