काठमाडौं । राष्ट्रिय महिला लिगअन्तर्गत पहिलो खेलमा विभागीय टोली पुलिस क्लब र आर्मी क्लबबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । बुधबार भएको खेलमा दुई विभागीय टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलोपटक सुरु भएको महिला लिगको पहिलो खेल बराबरीमा रोकिएको हो । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा आर्मीले आफ्नो पकड जमाएको थियो भने दोस्रो हाफमा पुलिस बलियो देखिएको थियो ।
एन्फाले पहिलोपटक डबल राउन्ड रोबिनका आधारमा आयोजना गरेको महिला लिगमा सात टोलीको सहभागिता छ । तीन विभागीय टोली (सशस्त्र प्रहरी बल एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) सहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
हेरौं थप तस्बिर :