site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’
SkywellSkywell

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले डिजिटल ट्रान्सफर्मेसन योजनाअनुरुप आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । यो च्याट सेवाको डिजिटल प्लेटफर्ममार्फत एनसेलको सेवा तथा सुविधाका बारेमा जानकारी लिन सक्छन ।

च्याटबोट सेवा ‘माया’ एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको जनाएको छ । यो अभियानले भविष्यको पुनः कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने जनाइएको छ ।

Dabur Nepal
NIC Asia

यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप र वेबसाइटमा उपलब्ध छ । जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोटमार्फत एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासोहरु राख्न सक्छन् ।

च्याटबोट सेवा ‘माया’ माघ ४ गतेदेखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्यान्डलमा उपलब्ध छन् । यस प्लेटफर्ममार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा तथा मास्टरकार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिन तथा कुनै गुनासो भए राख्न सक्छन् ।

एक दूरसञ्चार सेवाप्रदायकको रुपमा आफ्ना ग्राहकलाई नवीन सेवा सुविधाहरु प्रदान गर्दै ग्राहक अनुभवलाई अभिवृद्धि गर्न एनसेल सदैव तत्पर रहेको कम्पनीले जनाएको छ । यस नवीन डिजिटल सेवाले ग्राहक सेवालाई थप परिस्कृत गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको पनि जनाएको छ ।

ग्राहक अनुभवलाई अभिवृद्धि गर्न एनसेल प्रतिबद्घ रहेको भन्दै सोही प्रतिबद्घताअनुरुप कम्पनीले ग्राहकलाई सामाजिक सञ्जाजमार्फत पनि ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ ।

नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत एनसेलले आगामी दिनमा ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै थप नयाँ तथा नवीन सेवाहरु ल्याउँदै जाने जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro