site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मीको लगातार दोस्रो जितमा कर्णाली निराश (फोटो फिचर)
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम आर्मीले लगातार दोस्रो जित निकालेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकालेको हो । 

आर्मीले जितका लागि दिएको १९६ रनको प्रतिस्पर्धात्मक लक्ष्य कर्णाली प्रदेशले ३३ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै  ११५ रन मात्र बनाएको हो । 

कर्णालीका लागि कप्तान रवीन्द्रजंग शाहीले सर्वाधिक ३० रन बनाउन सफल भए । त्यस्तै हेमन्त ओलीले १७ रन बनाउँदा दिनेश अधिकारीले १२ रन बनाए । 

KFC Island Ad
NIC Asia

बलिङतर्फ आर्मीका लागि शाहव आलम र सुशन भारीले तीन-तीन विकेट लिए । त्यस्तै रोहित पौडेल दुई विकेट लिँदा हरि चौहानले एक विकेट लिए । 

यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३ ओभर १ बलमा अल आउट हुँदै १९५ रन बनाएको हो । आर्मीका लागि अनिल मण्डलले अर्धशतकीय पारी खेले । ११४ बल खेलेका उनले १४ चौकाको सहयोगमा ८९ रन बनाउन सफल भएका हुन् । आर्मीका लागि कप्तान विनोद भण्डारीले ४१ रन बनाए । ५५ बल खेलेका विनोदले बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४१ रन बनाउन सफल भएका हुन् । 

Royal Enfield Island Ad

आर्मीको लगातार दोस्रो जित (भिडियोसहित)

बलिङतर्फ कर्णालीका लागि राज शाह र दिवान पुनले र दीपेश अधिकारीले २-२ विकेट लिए । त्यस्तै  युनिस सिंह, रवीन्द्रजंग शाही र अनुज चुनराले एक-एक विकेट लिए  । प्रतियोगितामा दोस्रो खेलमा पनि आर्मीले जित निकाल्न सफल भएको हो । कर्णालीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
आर्मी र कर्णाली टिमबीचको खेलका थप तस्बिरहरु :
No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  २०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro