site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुम्लाले विकास कुरिरहेछ...
SkywellSkywell

काठमाडौं । भिरैभिरको घोरेटो बाटो । खच्चड पनि हिँड्न हम्मे–हम्मे हुन्छ । खाद्यन्नको जोहो गर्न खसी–बाख्राको साथमा कहिले लेक चढ्नु त कहिले बेँसी झर्नु कर्णालीका मानिसको विवशता हो । जाडोमा बाख्रा लिएर बेँसी झर्छन् । गर्मीमा लेकतिर उक्लिन्छन् । भिर–पाखामा दैनिकी बिताउँछन् ।

हुम्लाको सर्केगाड गाउँपालिका–१, जैरका नन्दबहादुर बुमी खसी डुलाउँदै कहिले भोट त कहिले हाट धाउँथे । भिर–पाखा र जंंगलको बाटो उनका लागि सामान्य भइसकेको थियो । उनी ती खसीलाई लिएर कर्णालीको किनारै किनार हुँदै चीनको ताक्लाकोटसम्म पुग्थे । कहिलेकाँही अछाम पनि जान्थे ।

एक महिनाको हाराहारीमा करिब ४५० केजी नुन लिएर घर फर्कन्थे । आफूले चीनबाट ल्याएको नुन गाउँका घर–घरमा पुर्‍याउँथे । नुनसित रातो चामल, दाललगायत अन्न साटेर परिवार पाल्थे ।

KFC Island Ad
NIC Asia

उनको परिवारको बाँच्ने आधार नै खसी थियो । परिवार नै बाख्राको हेरचाहमा दिनरात खट्थे । नुन बोकाउन खसीको प्रयोग हुन्थ्यो । नुन ल्याउने पैसा नहुँदा खसी काटेर गाउँमा बेच्थे र त्यसबाट आएको रकमले उनी हाट–भोट गर्थे ।

२०७६ साल । फागुन महिना । बुमी चीनबाट नुन लिएर घर फर्किएका थिए । नुनसित रातो चामल साटे । चामल बेचेर रुपैयाँ जुटाउन सदमुकाम सिमकोट जाने तरखरमा थिए । एक दिन बाख्रा चराउन जाँदा जंगलमा बाघका पाइला देखे । खसी–बाख्रालाई बाघबाट कसरी जोगाउने भन्ने चिन्ताले गाँज्यो ।

Royal Enfield Island Ad

त्यसको केही दिनपछि नै संकट आइलाग्यो । उनी बाख्रा चराउनका लागि गोठ पुगे । गोठ रगताम्य थियो । बाघले २७ ओटा खसी–बाख्रा मारेछ । उनी धेरैबेर रोए । ‘‘बिहान–बेलुका खाइ–नखाइ, भिर–पाखामा गएर पालेका बाख्रा बाघकै लागि पालेकोजस्तो भयो,’’ उनले दुखेसो पोखे ।

उनले ठूलो नोक्सान व्यहोरे । अहिले गाउँकै जग्गा–जमिनमा खेती र बचेका बाख्रा चराएर जीवन गुजारा गरिरहेका छन् । दैनिक ज्यालामा घरको काम पनि गर्छन् ।

हुम्लाका मानिस चीन जान्छन् । नुनलगायत सामान किनेर खसीलाई बोकाएर ल्याउँछन् । गत वर्षको माघको अन्तिम साता जैरका अर्जुन धामी चीनको शेराबाट नुनसँगै लत्ताकपडालगायत सामान लिएर फर्के । उनलाई चीन गएर फर्कन झन्डै महिना दिन लाग्यो । आफ्ना १३ ओटा खसी लिएर नुन लिन गएका थिए ।

‘‘खसी मासुका लागि पनि बिक्री हुन्छ भने भारी बोकाएर पनि आम्दानी गर्न सकिन्छ । यदि, बाटो भएको भए हाम्रो गाउँमा पनि गाडी आउँथ्यो होला । एक खसीले २० किलो बोक्न सक्छ । एक खच्चडले १०० किलो बोक्छ भने एक गाडीले हजारौँ किलो बोक्छ,’’ धामीले भने । 

गत वर्ष उनले लगभग २७० किलो नुन ल्याएका थिए । नुन घर–घरमा पुर्‍याएर मानिससँग जे छ, त्यही सामानसँग साटे । यसरी नै उनको जीविका चल्ने गर्छ । उनी अचानक बिरामी परे ।

त्यसपछि फागुन अन्तिम साता उपचार गर्न काठमाडौं आए र टिचिङ हस्पिटलमा भर्ना भए । तर, रकम अभाव भयो । गाउँबाट काठमाडौं पढ्न आएका विद्यार्थीसँग रुपैयाँको गुहार मागे । तर, पैसा जुटेन । उपचार खर्च जोहो गर्न सकेनन् । निको नभइ गाउँ फर्किए । उनी उपचार गर्न पनि खसी नै बेचेर काठमाडौं आएका थिए ।

बजार अभाव
गडबहादुर कार्की । उनले ६० ओटा खसी–बाख्रा पालेका छन् । आफूहरुको दैनिकी खसी–बाख्राको रेखदेखमै बित्ने गरेको उनले सुनाए । ‘‘गाउँमा मासुको बजार व्यवस्थापन छैन । एक केजी मासुको ५०० मा बेच्छौँ । सहरसम्म खसी पुर्‍याउनको लागि पहुँच पुग्दैन । सहरसम्म लैजान गाउँमा गाडी पनि गुड्दैनन्,’’ उनले भने ।

खसीको शरीरमा भएको रौँबाट फेरुवा, राडीपाखी बुन्ने गरिन्छ । खसीकै आयस्रोतले परिवारको पालनपोषण गरेको उनी बताउँछन् ।

हुम्ला सदरमुकामसम्म त साना गाडी पुगे । तर, विडम्बना त्यहाँका प्रायः गाउँमा खच्चड हिँड्ने बाटोसमेत छैन । जैरका जनक नेपाली भन्छन्, ‘‘त्यसैले त खसीमा भारी बोकाउने चलन चलेकोे । साँघुरो बाटो छ । सिँचाइको व्यवस्था छैन, आकाशकै भरमा अन्न उत्पादन गर्नुपर्छ । कहिले हुन्छ, कहिले हुँदैन । वर्षमा एक पटक मात्रै बाली लाग्ने भएकाले जमिनको भरमा छैनौँ । जसको कारण रात–दिन खसीसँग स्वदेश–विदेश जाने गरेका हौँ ।’’

प्रचुर सम्भावना भएको कर्णाली नदी बगिरहेको छ । तर पनि प्रशस्त मात्रामा पानीको सदुपयोग हुन सकेको छैन । गाउँमा सक्नेले सोलारको बत्ती बाल्छन् । नसक्ने अँध्यारोमै बस्न बाध्य छन् । दाउरामा खाना पकाउँछन् । चीनबाट ढिके नुन ल्याइने हुुँदा कर्णालीका मानिसमा आयोडिनको कमी भएर गलगाँडको समस्या देखिने गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro