site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केही दिन मर्निङ वाक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
SkywellSkywell

काठमाडौं । स्वास्थ्य मन्त्रालयले मौसममा केहीदिनदेखि आएको परिवर्तनका कारण वायु प्रदूषण बढेको भन्दै मर्निङ वाक नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै यस्तो आग्रह गरेका छन् ।

KFC Island Ad
NIC Asia

काठमाडौंको वायु प्रदूषणले पार गर्‍यो खतराको तह, स्वास्थ्य जोखिम बढ्यो

“केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको छ,” उनले भनेका छन्, “यसले श्वासप्रश्वासमा कठिनाईलगायत विविध स्वास्थ्य समस्याहरु देखा पर्दछ । वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्नसक्ने प्रभावहरुलाई मध्यनगर गरी नेपाल सरकारले मापदण्डहरु तोक्न सक्ने व्यवस्था जनस्वास्थ्य सेवा ऐन २०७५को दफा ४० मा गरिएको छ । उक्त व्यवस्थाअनुसार मापदण्डहरु तोकी नसकिएको र हालको वायु प्रदुषणको अवस्थालाई मध्यनजर गरी आकस्मिकरुपमा निम्नअनुसारका काम गर्नुहुन सरोकारवाला सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ ।”

१–मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौँ ।

Royal Enfield Island Ad

२–फोहोरहरुको उचित व्यवस्थापन गरौँ तर फोहोर जलाउने काम नगरौँ, नगराऔँ । कसैले फोहोर जलाउने काम गर्ने गरेको छ भने त्यसलाई निरुत्साहित गरौँ र बन्द गर्न लगाऔँ ।

३–घर बाहिर ननिस्कौँ । निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गरौँ र कोभिड १९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गरौँ, गराऔँ ।

४–धुलो धुवाँ उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गरौँ, गराऔँ । केही दिनपछि त्यस किसिमका पेसा, व्यवसाय, निर्माण कार्यहरु सुचारु गर्दा धूलो धुवाँ नउड्ने वा कम हुने व्यवस्थाहरु गरौँ, गराऔँ ।

५–अत्यावश्यक नभई सवारी साधनहरु नचलाऔँ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro