site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको वायु प्रदूषणले पार गर्‍यो खतराको तह, स्वास्थ्य जोखिम बढ्यो
SkywellSkywell

काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबारदेखि वायु प्रदूषण बढेको देखिन्छ । प्रदूषण बढेकाले नै सोमबार र मंगलबार दिनभर आकाश धुम्म कालो देखियो ।

वातावरणविद्का अनुसार हिजोदेखि काठमाडौंको वायु प्रदूषणले खतराको सबै तह पार गरेको हो । वायुको गुणस्तर नाप्ने एयर क्वालिटी इन्डेक्स (एक्वुआई)का अनुसार आज साँझ काठमाडौंको प्रदूषण ३०० भन्दा माथि छ । 

“आज साँझको एक्यूआई ३०० भन्दा माथि छ । यो स्वास्थ्यका लागि निकै हानिकारक हो । एक्यूआई ५० भन्दा माथि जानु स्वास्थ्यका लागि खतरा मानिन्छ । अहिलेको अवस्था निकै नराम्रो हो,” वातावरण विभागका उप–महानिर्देशक तथा प्रवक्ता ईन्दु बिक्रम जोशी बाह्रखरीसँग भन्छन्, “यो हिजोको भन्दा केही कम हो । जेष्ठ नागरिक र बालबालिकालाई मात्रै यसले प्रभाव पार्छ भन्ने बुझाइ रहेको छ । तर, त्यस्तो होइन सबैलाई असर गर्छ । सचेत हुनुपर्छ ।” 

KFC Island Ad
NIC Asia

सकेसम्म घरबाहिर ननिस्कन र अत्यावसेक काम नभएसम्म सवारी साधान नचलाउन उनको आग्रह छ । हरेक वर्ष जाडो मौसममा प्रदूषणको मात्रा बढ्ने भए पनि नेपालमा मापन गर्न थालिए पछि यो वर्ष सबैभन्दा धेरै भएको प्रवक्ता जोशीको भनाइ छ । नेपालमा २०१६ बाट हावामा प्रदूषणको मात्रा मापन गर्न थालिएको हो । 

पश्चिमी वायू सकृय नभएसम्म र पानी नपरेसम्म प्रदूषण रहिरहने जोशीले बताए ।  काठमाडौंसँगै विराटनगरलगायत केही मुख्य सहरमा पनि प्रदूषण उच्च मात्रामा देखिएको भन्दै उनले यसबाट बच्न पर्याप्त सतर्क हुन आग्रह गरे । 

Royal Enfield Island Ad

“यो भारतको पश्चिमी वायुको प्रभाव नभई काठमाडौंमै थुप्रिएको प्रदूषण हो । यसले सबैको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्नेछ,” वातावरण जनस्वास्थ्यविज्ञ डा. यादवप्रसाद जोशीले बताए ।

यस्तो प्रदूषणमा श्वास फेर्दा दीर्घकालीन र अल्पकालीन दुवै रोग लाग्न सक्ने उनी बताउँछन् । वातावरणविद् राजन थापाले हिउँदयाममा हावा कम बहने र अहिले हावामा धुलोको कण र धुवाँ जम्मा भएपछि वातावरण प्रदूषण भएको बताए ।

धेरै फोहोर बाल्दा, इँटा भट्टा तथा उद्योगहरु सञ्चालनमा आउँदा र विशेषगरी गाडीका धुवाँले प्रदूषण बढेको उनको भनाइ छ । सरकार र सरोकारवाला निकायले जनस्वास्थ्यमा परिरहेको प्रभावलाई बेवास्ता गरिरहेको उनको आरोप छ ।

आममानिसलाई प्रदूषणबाट जोगिन मास्क लगाउन र झ्याल–ढोका बेला–बेलामा खोल्न डा. जोशीको सुझाव छ । उनले सडकमा भन्दा कोठाभित्र प्रदूषणको मात्रा बढी हुन सक्ने भन्दै झ्याल–ढोका खोल्न सल्लाह दिएका हुन् ।
No photo description available.

प्रदूषणले श्रमिक वर्ग, बालबालिका, गर्भवती महिला र दीर्घरोगीमा प्रत्यक्ष असर पार्ने हुँदा सुरक्षित बस्नसमेत उनले आग्रह गरेका छन् ।

यस्तै, त्रिवि शिक्षण अस्पतालका श्वासप्रश्वास तथा छातीरोग विशेषज्ञ डा. निरज बमले धुलो र धुवाँ हावामा मिसिएर फैलिएको प्रदूषणले आँखा, नाक र छालामा विशेष असर पार्ने हुँदा बाहिर कमै निस्कन आग्रह गरे ।

वायु प्रदूषणले तत्काल आँखा चिलाउने, नाक पोल्ने, खोकी लाग्ने र दीर्घकालीन रोग ब्रोनकाइटिस, दम, निमोनियासमेत हुने सक्ने उनले बताए । डा. बमका अनुसार नाकबाट लिएको श्वास सिधै फोक्सोमा प्रवेश गर्ने हुँदा धुलोका कण फोक्सोमा पुगी हृदयाघात र पक्षघातसमेत हुने हुन्छ  । यस्तै, प्रदूषित वायुले मानसिक रोग, प्रजनन् क्षमता घटाउने, स्मरण शक्ति कम गर्ने र रोग प्रतिरोधात्मक क्षमता घटाउने उनले बताए ।


यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदूषणबाट बच्न सतर्क हुन नागरिकलाई आग्रह गरेको छ । आज साँझ विज्ञप्ति जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको मन्त्रालयले आवश्यक परे स्वास्थ्य मापदण्ड लागु गर्नसक्ने जनाएको छ । 

मर्निङवाक नाजन, फोहोर नजलाउन, घर बाहिर ननिस्कन आग्रह गरेको मन्त्रालयले निस्किनै परे मास्क लगाउन अनुरोध गरेको छ । यस्तै धुलो, धुँवा उड्ने पेशा व्यवसाय केही दिन बन्द गर्न र अत्यावश्यक नभएसम्म सवारी साधन नचलाउन मन्त्रालयले आग्रह गरेको छ । 

No description available.
 

तस्बिर : सुनील प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  २०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro