site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कछुवा गतिमा काठमाडौं भ्युटावर : पाँच वर्षमा १५ प्रतिशत पनि भएन काम  
SkywellSkywell

काठमाडौं । काठमाडौं भ्युटावरको निर्माण कछुवा गतिमा अगाडि बढिरहेको छ । निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसक्दा १५ प्रतिशत पनि काम हुन नसकेको हो ।  उपराष्ट्रपति नन्दबहादुर पुनले निकै तामझामसहित ०७२ कात्तिक २५ गते भ्युटावरको शिलान्यास गरेका थिए ।

काठमाडौं महानगरपालिका र निर्माण कम्पनीबीच पछिल्लोपटक भएको सम्झौताअनुसार ०७८ असारभित्र भ्युटावर निर्माण गरिसक्नुपर्ने छ । सो समयावधिभित्र व्यावसायिक प्रयोजनमा आइसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

तर, अहिलेसम्म कामले गति लिन नसक्दा तोकिएको समयावधिमा निर्माण सम्पन्न हुनेमा आशंका छ । अहिले टावरको भुइँतलाको काम सम्पन्न भई माथिल्लो तलाको काम हुँदै छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल निर्माण कम्पनीले सम्झौताअनुसार काम गर्न नसकेको बताउँछन् । ‘‘सम्झौताबमोजिम काम हुन सकेको छैन । निर्माण कम्पनीले पहिलेभन्दा अहिले  केहीरुपमा तीव्रता दिएको छ,’’ उनले भने, ‘‘तर सन्तोषजनकरुपमा अगाडि बढ्न भने सकेको छैन । महानगरको कार्यतालिकाअनुसार जति काम हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।’’

KFC Island Ad
NIC Asia

जलेश्वर स्वच्छन्द विकोई विल्डर्स जेभी प्रालिले टावर निर्माणको जिम्मा पाएको छ । पहिलोपटक ०७१ फागुन २२ गते सम्झौता भएको थियो । उतिखेरै निर्माण कम्पनीले ढिलो काम सुरु गरेको थियो । ०७३ साउन ३० देखि मात्रै काम सुरु गरेको हो ।

‘‘झन्डै दुई वर्ष काम ढिलो सुरु गरे पनि सबैलाई भ्युटावरको निर्माणले गति लिन्छजस्तो लागेको थियो । तर, अहिलेसम्म यो हालतमा भ्युटावरको दुर्गति देख्नपर्‍यो,’’ उनले भने ।

Royal Enfield Island Ad

काठमाडौं महानगरपालिकाले भ्युटावर १२ तलासम्म बनाउने गरी नक्सा पारित गरेको छ । टावर कुल २३ रोपनी ५ आना क्षेत्रफलमा निर्माण भइरहेको छ । सबैभन्दा तल्लो तलामा बसपार्क हुनेछ । दोस्रो तलामा गाडी पार्किङ स्थल निर्माण गरिनेछ । माथिल्ला तलामा ४० प्रतिशत भूभागमा स्तम्भ रहनेछ । अरु भाग व्यापारिक प्रयोजनमा ल्याइनेछ ।

सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न हुन अहिलेसम्म टावरको आठ तलासम्मको काम सकिनुपर्ने थियो । ७५ काम प्रतिशत काम सम्पन्न भइसकेको हुनुपर्ने हो । तर, १५ प्रतिशत काम मात्रै भएको छ । 

जमिनमुनि बेसमेन्टको काम सम्पन्न गरी जमिनमाथि एक तलामा खम्बा राख्ने काम सुरु भएको छ ।

जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका प्रमुख मनोजकुमार भेटवाल भन्छन्, ‘‘अहिले निर्माण स्थलमा १०० भन्दा बढी मानिसले दैनिक काम गरिरहेका छन् । बिहानदेखि रातिसम्म काम भइरहन्छ । सबै कामदार निर्माणाधीन स्थलमै बस्ने हुन् ।’’

निर्माण कम्पनीका अनुसार टावर निर्माणको कुल लागत चार अर्ब ७० करोड रुपैयाँ अनुमान गरिएको छ । पहिला २९ तलाको टावर निर्माण गर्ने लक्ष्य राखिएको थियो । तर, अहिले १२ तला मात्रै बनाउन लागिएको हो ।

०७२ सालको भूकम्पपछि सरकारले भवन निर्माणमा निश्चित मापदण्ड बनाएको छ । उक्त मापदण्ड अनुसार सहरी क्षेत्रमा निर्माण हुने टावर १२ तलाभन्दा माथि बनाउन रोक लगाएको छ  । निर्माण कम्पनीले सम्झौताअनुसार आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछ । त्यसपछि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro