site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
को हुन् चार्ली च्याप्लिन ? (१० रोचक तथ्य)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सर चार्ल्स स्पेन्सर च्याप्लिन अर्थात् चार्ली च्याप्लिन विश्वले चिन्ने हास्यकलाकार, चलचित्र निर्माता तथा कम्पोजर हुन् । उनी संसारसामु साइलेन्ट फिल्म (संवादबिनाको चलचित्र) मा अभिनयका कारण प्रसिद्ध छन् ।

बालबालिकादेखि वृद्धसम्म सबैले उनको अभिनय रुचाउँछन्, घण्टौंसम्म उनको अभिनय हेरेर हाँस्छन् । उनको समयमा च्याप्लिन यति प्रसिद्ध थिए कि कुनै समय च्याप्लिनजस्तो देखिने प्रतियोगिता नै हुन्थ्यो जहाँ कलाकार उनीजस्तै भएर प्रतिस्पर्धामा उत्रिन्थे । प्रतियोगितामा जो सबैभन्दा बढी च्याप्लिनजस्तो देखिन्थ्यो, उसैले प्रतियोगिता जित्थ्यो ।

एकपल्ट सो प्रतिस्पर्धामा आफैं भाग लिन पुगेका च्याप्लिन तेस्रो बनेका थिए । अहिले, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अदालत चार्ली च्याप्लिनजस्तो देखिने प्रतियोगिताको निर्णायकजस्तो नभएको भनेपछि चार्ली सबैको मुखमा झुन्डिएका छन् । ओलीले भनेका थिए, “प्रतियोगितामा चार्ली नचिनिए पनि नेपालको अदालतले वास्तविक व्यक्ति को हो भनेर चिन्छ । जुँगा हेरेर चिन्छ, कुम हल्लाएकोबाटै चिन्छ, जेल लगाएको कपाल हेरेर चिन्छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

को हुन् ओलीले भनेका च्याप्लिन ?
चार्ल्स स्पेन्सर च्यापलिन उर्फ चार्ली च्याप्लिनको जन्म सन् १८८९ अप्रिलमा लन्डनमा भएको थियो । चार्लीको जन्म एक कलाकार दम्पत्तीका छोराका रुपमा भएको थियो । उनका बुबा एक गायक तथा अभिनेता थिए । मञ्चमा लिली हार्लीको नामबाट परिचित उनकी आमा पनि अभिनेत्री तथा गायिका थिइन् ।

युवापुस्ता माझ उनी एक कमेडियनका रुपमा परिचित छन् । स्ल्यापस्टिक कमेडी र साइलेन्ट फिल्म सुपरस्टारका रुपमा चार्लीलाई साइलेन्ट फिल्ममा दिएको योगदानका लागि सम्झिन्छन् ।

Royal Enfield Island Ad

१० वर्ष नपुग्दै बुबाको निधन र त्यसपछि आमा अस्वस्थ बनेपछि जिन्दगीमा कसरी अघि बढ्ने भन्ने जिम्मेवारी चार्ली र उनका सौतेनी भाइलाई सिड्नीमा आइपरेको थियो ।

चार्लीका दाजुभाइले करियरमा राम्रो अवसरका रुपमा मञ्च नै छाने । चार्लीले ‘द एट लेनक्यासियर ल्याड्स’ नामक किशोर समूहको सदस्यका रुपमा आफ्नो व्यावसायिक यात्रा डेब्यु गरे र कम समयमै ‘ट्याप डान्सर’ का रुपमा लोकप्रिय बने ।

करियरको सुरुवात...
चार्लीले १२ वर्षको उमेरमा पहिलोपटक ‘लेजिटिमेट स्टेज सो’ मा अभिनय गर्ने मौका पाए । उनी पहिलोपटक ‘बिल्ली’ का रुपमा त्यस रंगमञ्चमा देखापरेका थिए । पछि ‘सेरलक होल्म्स्’ को विभिन्न प्रोडक्सनमा देखा पर्न थाले ।

उनीहरूसँगको सहकार्यका क्रममा चार्लीले थियटर जानरा ‘भाउडेभिल’मा हास्यकलाकारका रुपमा आफ्नो करियर सुरु गरे । जसका माध्यमबाट सन् १९१० उनलाई फ्रेड कार्नो रिपरटोरी कम्पनीले फिचर्ड कलाकारको रुपमा संयुक्त राज्य अमेरिका लगेको थियो ।

चार्ली छिटै अमेरिकी दर्शकमाझ हिट बने, विशेषगरी ‘अ नाइट इन एन इंग्लिस म्युजिक हल’ नामक स्केचमा उनले निभाएको चरित्र अमेरिकी दर्शकबीच चर्चित बन्यो । दुई वर्षपछि अर्थात् सन् १९१२ मा फ्रेड कार्नो कम्पनी दोस्रोपटक अमेरिका टुरमा गएका बेला च्याप्लिनलाई मोसन पिक्चर कन्ट्रयाक्टका लागि प्रस्ताव गरियो ।

नोभेम्बर १९१३ मा भाउडेभिलसँगको ३ वर्षीय प्रतिबद्धता सकिएसँगै चार्ली अन्ततः क्यामेरासामु आए । र, उनको सिनेमाजगत्‌मा प्रवेश म्याक सेनेट र किस्टोन फिल्म कम्पनीसँग जोडिएसँगै भयो ।

सिनेजगत्‌मा उनको प्रारम्भिक पारिश्रमिक साताको १५० डलर थियो । तर पर्दामा उनले प्राप्त गरेको रातरात सफलताले अन्य थुप्रै निर्माताले उनको पारिश्रमिक बढाउन थाले । उनलाई अफरैअफर आउन थाल्यो ।

लोकप्रियताका कारण चार्ली कहिल्यै बेरोजगार बस्नु परेन । सेनेटसँगको करारको समाप्तिसँगै चार्ली इसेने कम्पनी (१९१५) सँग जोडिए । त्यससमय चार्लीका भाइ सिड्नी इङ्ल्यान्डबाट अमेरिका आइपुगेका थिए । किस्टोनले चार्लीको स्थानमा सिड्नीलाई राखे, सिड्नी पनि अग्रणी हास्य कलाकारको रुपमा उदाए ।

समयसँगै चार्लीको लोकप्रियता र माग झनै बढ्न थाल्यो । फलस्वरुप चार्लीले ठूलो रकममा १२ वटा टु-रिल कमेडिजका लागि म्युचुअल फिल्म कर्पोरेसनसँग आबद्ध भए ।

द फ्लोरवाल्कर, द फायरम्यान, द भेगाबोन्ड, वान ए एम, द काउन्ट, बिहाइन्ड द सिनलगायत प्रोजेक्टहरू उनी सामेल थिए ।

स्वतन्त्र निर्माताको यात्रा...
सन् १९१७ मा म्युच्युअल कम्पनीसँगको सहकार्य सकिएलगतै च्याप्लिनले स्वतन्त्र निर्माताको रुपमा अघि बढ्ने निर्णय लिए । यसबाट उनी आफ्नो चलचित्र निर्माण स्वन्त्रताका साथ र अझै फुर्सदमा गर्न चाहन्थे ।

यही स्वतन्त्रताको चाहनाका साथ उनी आफ्नै स्टुडियो निर्माणमा व्यस्त हुन थाले । उनको स्टुडियो हलिउडको ला ब्रेया एभिन्युमा थियो ।

सन् १९१८ को सुरुवातसँगै च्याप्लिनले पहिलो राष्ट्रिय प्रदर्शक सर्किटसँग सम्झौता गरे । यो नयाँ संस्था विशेषगरी चार्लीको फोटो प्रदर्शन गर्नका लागि नै गठन भएको थियो ।

नयाँ सम्झौताअन्तर्गत उनको निर्माणमा बनेको पहिलो चलचित्र ‘अ डग्स लाइफ’ थियो । यो पहिलो चलचित्रको निर्माण पछि, उनको ध्यान युद्धको प्रयासको पक्षमा राष्ट्रिय भ्रमण गर्नेतर्फ मोडियो । सोही भ्रमणका आधारमा उनले अमेरिकी सरकारको लिबर्टी लोन ड्राइभलाई लिएर चलचित्र ‘द बोन्ड’ निर्माण गरे ।

उनको अर्को भेन्चर (निर्माण) का रुपमा युद्ध र हास्यास्पद विधालाई जाडेर ‘सोल्डर आर्म्स’ निर्माण गरे । सन् १९१८ मा रिलिज भएको यस चलचित्र बक्स अफिसमा अति नै रमाइलो फिल्मका रुपमा प्रमाणित भयो । यसले च्याप्लिनको लोकप्रियतामा थप इँटा थप्यो ।

चलचित्र ‘सोल्डर आर्म्स’ पछि नै उनको ‘सन्निसाइड’ र ‘अ डेज प्लेजर’ पनि १९१९ मा रिलिज भए । सोही वर्षको अप्रिलमा च्याप्लिनले म्यारी पिकफर्ड, डगलस फेयरबांकस र डी डब्लू ग्रिफिथसँग सहकार्य गर्दै युनाइटेड आर्टिस्ट कर्पोरेसनको निर्माण गरे ।

च्याप्लिनका उत्कृष्ट (मास्टरपिस) फिचरहरू
अ वुमन अफ पेरिस (१९२३), द गोल्ड रस (१९२५), द सर्कस (१९२८), सिटी लाइट्स (१९३१), मोर्डन टाइम्स (१९३६), द ग्रेट डिक्टेटर (१९४०), मोन्सियर भर्डक्स (१९४७), लाइमलाइट (१९५२), अ किङ इन न्यु योर्क (१९५७), अ काउन्टेस फ्रम हङकङ र लास्ट इयर्स रहेका छन् ।

०००

सन् १९७७ डिसेम्बर २५ मा संसारबाट बिदा लिएका चार्लीको प्रतिभाजस्तै परिचय पनि बहुआयामिक छ । उनलाई एक ब्रिटिस कमेडियन, निर्माता, लेखक, निर्देशक र कम्पोजरका रुपमा चिनिन्छ । यीभन्दा पनि चार्लीलाई विशेषगरी पर्दाका महान् हास्य कलाकार र मोसन-पिक्चर (चलचित्र) इतिहासको सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्वमध्ये एकका रुपमा लिइन्छ ।

ज्यानभन्दा सानो कालो कोट, ठूलो साइजको पाइन्ट, फ्लप्पी जुत्ता, सानो ह्‍याट, नाकमुनि झुस्स परेको जुँगा र हातमा एउटा लठ्ठी नै चार्ली च्याप्लिनको परिचय हो । चलचित्रको पर्दामा चार्लीले ट्र्याम्प (केही काम नगरी यताउता डुलिराख्ने काम नभएको फिरन्ते) को मात्रै भूमिका निभाएनन्, कहिले वेटर, स्टोर क्लर्क, स्टेजह्‍यान्ड, फायर म्यानलगायत भूमिकामा पनि प्रस्तुत भए ।

उनको चरित्रलाई भद्र समाजबाट टाढिएको, प्रेममा असफल, ‘ज्याक-अफ-अल, मास्टर-अफ-नन’ का रुपमा पनि वर्णन गर्ने गरिन्छ ।

उनका ३५ किस्टोन कमेडीलाई ट्र्याम्पको सुरुको अवस्था मान्न सकिन्छ, जुन समयमा क्यारिकेचर एक क्यारेक्टरका रुपमा परिणत भयो ।

चार्ली च्याप्लिनबारे १० रोचक तथ्यहरू :

१) चार्ली च्याप्लिनजस्तो देखिने प्रतियोगिता जित्न असफल
सन् १९१५ मा च्याप्लिनले चार्ली च्याप्लिन लुक-अ-लाइक (चार्ली च्याप्लिनजस्तै देखिने) प्रतियोगितामा भाग लिएका थिए । अविश्वसनीय रुपमा उनलाई प्रतियोगिताका निर्णायक र दर्शकले चिन्न सकेनन् । चार्ली स्वयं त्यस प्रतियोगितामा तेस्रो बने ।

२) बाल्यकालमै करियरको सुरुवात
चार्लीले ५ वर्षको उमेरमै अस्वस्थ आमाको कामको जिम्मेवारी लिएर म्युजिक हल सोमा सैनिकको भिडमा पहिलो गीत ‘ज्याक जोन्स’ गाए । १२ वर्षको उमेरमा उनी ‘बिल्ली द पेज बोय’ भूमिकामा देखा परे ।

३) टाइम म्यागजिनमा देखापर्ने पहिलो अभिनेता
च्याप्लिन टाइम म्यागजिनमा फिर्चड हुने प्रथम अभिनेता हुन् । उनी सन् १९२५ जुलाई ६ को अंकमा देखापरेका थिए । प्रभावशाली र विवादास्पद कुराहरूका लागि परिचित यो म्यागजिनमा फिचर्ड हुन पाउनु उनको सफलता थियो ।

४) संगीतकार र रचनाकार पनि थिए चार्ली
संगीत कहिले नसिकेका उनले आफ्ना धेरै चलचित्रमा आफैंले संगीत रचना गरेका छन् । सन् १९७२ मा उनले चलचित्र ‘लाइमलाइट’ (१९५२) मा भरेको संगीतका लागि ओस्कर अवार्ड जिते ।

५) चार्ली अमेरिकाका राष्ट्रपतिभन्दा धनी भए
सन् १९१६ मा च्याप्लिनले न्यु योर्कको म्युचुअल फिल्म कर्पोरेसनसँग सम्झौता गरेपछि उनको तलब बढेर ६ लाख ७० हजार डलर भयो । त्यस समय संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको तलब प्रतिवर्ष ७५ हजार थियो ।

६) चार्लीले टल्किजलाई इन्कार गरे
साइलेन्ट सिनेमाका प्रतिष्ठित प्रतिनिधिमध्ये एक चार्लीले चलचित्रजगत्‌मा ध्वनि प्रविधिको लोकप्रियता बढे पनि लामो समयसम्म अडियो र संवादलाई अपनाउन इन्कार गरे ।

७) कहिल्यै अमेरिकी नागरिक बनेनन् चार्ली
अमेरिकामा ४० वर्ष बसे पनि उनी कहिल्यै अमेरिकाको नागरिक बनेनन् । मोर्डन टाइम्स नाम चलचित्रपछि च्याप्लिनले कम्युनिस्ट सिम्पाथाइजरको ख्याति कमाए । सन् १९५२ मा अमेरिकी सरकारले च्याप्लिनलाई पुनः अमेरिका फर्कन नपाउने भनेपछि उनले बाँकी जिन्दगी स्विट्जरल्यान्डमा बिताए ।

८) उनको आँखा नीलो थियो
दर्शकहरू चार्लीको आँखा खैरो भनेर सोच्थे । ब्लाक एन्ड ह्‌वाइट युग भएका कारण पनि दर्शकले चार्लीको सुन्दर नीलो आँखा हेर्न पाएनन् ।

९) अल्बर्ट आइन्स्टाइनसँगको चिनाजानी
सन् १९३१ मा लस एन्जलसमा प्रिमियर भएको चार्ली च्याप्लिनको चलचित्र सिटी लाइट्समा अल्बर्ट आइन्स्टाइन अतिथि पाहुना थिए ।

१०) चार्लीको नाममा एस्टेरोइड (क्षुद्रग्रह)
चार्ली च्याप्लिनको निधनको चार वर्षपछि १९८१ अक्टोबर ४ मा ल्युडमिला कराचीकिना नामक वैज्ञानिकले मेन-बेल्ट नामक एस्टेरोइडको पत्ता लगाए । उनले त्यो ग्रहको नाम ३६२३ च्याप्लिनको नाम दिइन् । 
(एजेन्सीहरूको सहयोगमा)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro