राजनीति
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगतिर लागेको छ । माइतीघरमा भेला भएका केन्द्रीय सदस्य र सांसदहरु अहिले सुन्धारामा पुगेका छन् ।
संसद विघटनको असंबैधानिक कदमको विरोध गर्दै सडकमा उत्रिएको छ । उनीहरुले प्रतिगामी षड्यन्त्र मुर्दावाद, असंबैधानिक कदम खारेज गर लगायतका नारा लगाइरहेका छन् । उनीहरु आफू बहुमत भएको प्रमाण पेश गर्न निर्वाचन आयेगमा जान लागेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७ ११:३०
प्रतिक्रिया दिनुहोस्