site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर छली गर्नेविरुद्ध उच्च अदालतमा २० करोड बिगोका ३ मुद्दा

काठमाडौं । झुटो तथा नक्कली बिल प्रयोग गर्ने विरुद्ध  राजस्व अनुसन्धान विभागले उच्च अदालतमा मुद्दा दायर गरेको छ । विजक प्रयोग गरी तथा सामानको गलत विवरण घोषणा गरी राजस्व चुहावट गरेको कसुरमा विभागले ३ वटा मुद्दा दायर गरेको हो । 

अभियुक्तबाट १९ करोड ९६ लाख रूपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय समेत मागदावी गरिएको छ । तीनवटै मुद्दा पाटन उच्च अदालतमा दायर गरिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विभागका अनुसार कविला सप्लायर्स सेन्टर, शिवम् प्याकेजिङ एन्ड सप्लायर्स र जय श्री गौतम सप्लायर्सले नक्कली कर बिजक खरिद देखाएर आयकरतर्फ खरिद खर्च लिएको र मूल्य अभिवृद्धि करतर्फ टयाक्स क्रेडिट लिइ सरकारलाई बुझाउनुपर्ने कर छलेका हुन् ।

कविलाले ६४ लाख मुअ कर र १ करोड ४९ लाख आयकर, शिवमले २ करोड २ लाख मुअ कर, ३ करोड ३७ लाख आयकर र ४९ लाख लाभांश तथा जय श्रीले १ करोड ६२ लाख मुअ कर र ३ करोड ६९ लाख आयकर छली गरेको विभागको अनुसन्धानबाट खुलेको छ ।

विभागले कविलाका प्रोप्राइटर भारतका नवल किशोर चौधरी विरूद्धबाट २ करोड १४ लाख, शिवमका प्रोप्राइटर धनुषाकी सितादेवी जयसवालविरूद्ध ५ करोड ८८ लाख र जय श्रीका प्रोप्राइटर मुकेशप्रसाद चौधरीबाटविरूद्ध ५ करोड ३२ लाख विगो असुल गरी जरिवाना र कैद माग गरेको छ ।

अर्को मुद्दा शिवम ट्रेडर्स एन्ड सप्लायर्सविरूद्ध छ । सो कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा मुअ कर बिलमात्र जारी गरेको पाइएको छ । कम्पनीले १ करोड ५९ लाख मुअकर तथा ३ अर्ब २० करोड आयकर चुहावट गरेको हो । जसअनुसार शिवमका प्रोप्राइटर जगदिश सहनी मलाहसमेत ७ जनालाई जरिवाना तथा कैद माग गरिएको छ ।

यस्तै पोखराको अनुस्का मल्टिप्रपोज कम्पनीले चिनी व्यापारमा गलत विवरण घोषणा गरी राजस्व चुहावट गरेको पाइएको छ । कम्पनीले १ करोड ८२ लाख रूपैयाँ राजस्व छली गरेको पाइएको हो ।

कम्पनीका प्रोप्राइटर शिवलाल तिम्लसिनासमेत ३ जनाविरूद्ध जरिवाना तथा कैद माग गरिएको छ । यस्तै अनुसन्धानका क्रममा बरामद ७२ टन चिनी जफत गर्न माग गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro