काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको प्रस्तावविरुद्ध देशभर प्रदर्शन सुरु भएको छ । राजधानी काठमाडौंसहित पोखरा चितवजनसहितका ठाउँमा सरकारी कदमविरुद्ध विरोध प्रदर्शन सुरु भएको हो ।
असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्न पाइँदैन, जनप्रतिनिधिमूलक संस्था विघटन गरसहितका नारा लगाउँदै प्रदर्शनकारीहरु सडकमा निस्किएका हुन् । अधिकांश सत्तारुद्ध दलहरु नै सडकमा झन्डासहित निस्किएका छन् ।
काठमाडौंको माइतीघरमा पनि नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको कदम जनआन्दोलन र निर्वाचनमा नागरिकले दिएको ‘म्याडेट’ र संविधानको भावनाविपरीत रहेको प्रदर्शनकारीको भनाइ छ ।
हेरौं बाह्रखरीका फोटो पत्रकार सुनील प्रधान र हरिशजंग क्षेत्रीले खिचेका थप तस्बिर :