काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको प्रस्तावविरुद्ध देशभर प्रदर्शन सुरु भएको छ । राजधानी काठमाडौंसहित पोखरा चितवजनसहितका ठाउँमा सरकारी कदमविरुद्ध विरोध प्रदर्शन सुरु भएको हो ।
असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्न पाइँदैन, जनप्रतिनिधिमूलक संस्था विघटन गरसहितका नारा लगाउँदै प्रदर्शनकारीहरु सडकमा निस्किएका हुन् । अधिकांश सत्तारुद्ध दलहरु नै सडकमा झन्डासहित निस्किएका छन् । काठमाडौंमा निस्किएका प्रदर्शनकारीले भने कुनै पनि पार्टीको झन्डा बोकेका छैनन् । प्रधानमन्त्रीको कदम जनआन्दोलन र निर्वाचनमा नागरिकले दिएको ‘म्याडेट’ र संविधानको भावनाविपरीत रहेको प्रदर्शनकारीको भनाइ छ ।
क्याप्सन :
संसद् विघटनको प्रस्तावको विरोध गर्दौ पोखरामा सत्तारुढ विद्यार्थी संगठनले गरेको विरोध प्रदर्शनका सहभागी । प्रदर्शनकारीहरुले प्रहरीमाथि पनि ढुंगामुढा गरेका छन् । तस्बिर : विशन क्षेत्री/बाह्रखरी