site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डोल्माको बयान- मनाङेले नै गाडीमा मूर्ति हालेर पठाइदिए, पछि चोरीको आरोप लगाए
SkywellSkywell

पोखरा । चोरी मुद्दाको अभियोगमा पक्राउ परेकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेपत्नी दिछेन डोल्मा लामाले जिल्ला अदालत कास्कीमा इन्कारी बयान दिएकी छन् । बयानमा उनले जाहेरी अनुसारका सामग्री चोरी नगरेको तर श्रीमानले नै गाडीमा हालेर पठाइदिएको बताएकी छन् ।

लामाविरुद्ध गत मंसिर ९ गते मनाङेका स्वकीय सचिव रोनित गुरुङले चोरी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दरखास्त दिएका थिए । सोही जाहेरीका आधारमा हेटौडास्थित माइतीमा रहेकी दिछेनलाई त्यहाँको प्रहरीले पक्राउ गरी कास्की प्रहरीलाई हस्तान्तरण गरेको थियो ।

अदालतमा भएको थुनछेक बहसमा लामाले चोरी भएको भनिएको सामग्री ९ वर्षअगाडि काठमाडौं बस्दा आफैंले किनेको बयान दिएकी छन् । यस्तै, मंसिर ९ गते प्रहरीले आफू बस्दै आएको माइतीघरको खानतलासी गरी आफैंले किनेको तीनवटा मूर्ति बरामद गरेर पक्राउ गरेपछि चाँदीको अम्खोरा पनि चोरेको भनेर प्रहरीमा उजुरी परेको थाहा पाएकी बताएकी छन् । पछिल्लो समय पतिसँग सम्बन्ध राम्रो नरहेको र आफूले सम्बन्धविच्छेद माग्दा मनाङेले नमानेको उनको बयान छ ।

KFC Island Ad
NIC Asia

चोरी गरी लगिएको भनिएको मूर्तिहरु काठमाडौं, पोखरा र हेटौंडामा समेत भेटिएको फोटोसहितको मिसिल अदालतमा बुझाइएको छ ।

डोल्माको बयानको संक्षिप्त अंश :
म र दीपक मनाङे भन्ने राजीव गुरुङबीच विवाह भएर हामीहरुको एक छोराको जन्म भएको छ, पति मनाङ जिल्लाको प्रदेशसभा सदस्य हुनु भएकाले उहाँ र म समेतको परिवार २ वर्ष अगाडिदेखि जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० रक्षामार्गमा रहेको देउकुमारी शाहीको साढे दुईतले ढलानको भर उहाँको स्वकीय सचिव जाहेरवाला रोनित गुरुङको नाममा भाडामा करारनामा गरेर लिई रोनित गुरुङको परिवार घरको माथिल्लो तलामा, म समेतको परिवार बिच तलामा र तल्लो तलामा सचिवालय समेत राखी बस्दै आएका थियौँ । मैले ९ वर्ष अगाडि काठमाण्डौ बस्दा रु १६ हजार मा खरिद गरेको बुद्ध भगवान, गुरु रिम्पोछे र चेनरेसीगका गरि ३ थान मूर्ति खरिग गरेर आफैँले पूजा गर्दै आएकोमा काठमाण्डौबाट आउँदा ती मूर्तिहरु पनि सँगै लिएर आई आफू बस्ने कोठामा राखी पूजा गर्दै आएको थिएँ । पति र म बिच पछिल्लो समयमा राम्रो सम्बन्ध नरहेको कारण हामीबिच सम्बन्ध विच्छेदको कुरा हुँदा पतिले विच्छेद गर्न मान्नुभएको थिएन ।

Royal Enfield Island Ad

मलाई छालासम्बन्धी रोग लागेको कारण म उपचार गराउन भनि असोज २१ ग्ते काठमाण्डौ गएको हुँ । आफन्तको घरमा ८÷९ दिन बसेर उपचार गराएपछि माइतीमा वृद्ध आमा हुनुभएकोले आमा समेतको आफन्तलाई भेट्न जान्छु भनि असोज ३० गते मकवानपुरस्थित माइतीघरमा गएको हुँ । म माइती गएको पतिले राम्रो मान्नुहुँदैनथ्यो । उहाँले घरको चाबी लिएर तुरुन्त घरमा आउन भनि मलाई फोन गर्नुभएको थियो । मैले दशैँको बेला छ, माइती आइसकेको छु, म आउँदिन, घरको एक्स्ट्रा चाबी स्वकीय सचिव रोनित गुरुङसँग छ, उसैसँग मागेर काम चलाउनु भनेको हुँ । 

त्यसपछि उहाँ रिसाएर तिमी आमाछोरा अब मेरो घरमा नआउनु, त्यहीँ, बस, म तिमीहरुको सबै सामान पठाइदिन्छु भनि कात्तिक ७ गते राती म र मेरो छोराको सबै लत्ताकपडासहित मैले पूजा गर्ने गरको ३ वटा भगवानको मूर्तिसमेत राखेर बोलेरो गाडीमा ६/७ जना मानिस लगाएर पठाइदिनुभएको रहेछ । त्यसैले मैले सामान मिलाएर रँखनुको साथै मूर्तिहरु माइतीघरको पूजाकोठामा राखी पूजा गर्दै गरेको अवस्थामा मंसिर ९ गते प्रहरी आएर खानतलासी गरि उल्लेखित ३ थान मूर्ति बरामद गरेर मलाई पक्राउ गरेपछि मात्र उल्लेखित लगायत चाँदीको अम्खोरा रोनित गुरुङको कोठाबाट मैले चोरी गरेर लिएको भनि मविरुद्ध प्रहरीमा उजुरी परेको भन्ने थाहा पाएको हुँ ।

मूर्तिहरु रोनित गुरुङको होइन, ती मूर्ति म काठमाण्डौमा बस्दादेखि खरिद गरेर आफैँले पूजा गर्दै आएको थिएँ । निजले मविरुद्ध झुटा बेहोराको जाहेरी दिएका हुन, जाहेरीमा खुलाए अनुसार अन्य २ थान मूर्ति र ७ वटा चाँदीको अम्खोरा मैले चोरी गरेको थिइन, निजले कि सो समेत खुलाई जाहेरी पेश गरेका हुन, मलाई थाहा भएन । कात्तिक ८ गते माइतीघरमा नै थिएँ, पोखरा आएकी पनि छैन भनेसमेत बेहोराको प्रतिवादी दिछेन डोल्मा लामाले मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गरेकोमा यस अदालतमा बयान गर्दासमेत मौकाको बयान बेहोरालाई समर्थन हुनेगरि कसूरमा पूर्णत इन्कार रहि बयान गरेको देखियो ।

मेरो छोरा दिव्य गुरुङ पोखरा मन्टेश्वरी बगालेटोलमा पढ्ने हुँदा छोराको दशैँको गृहकार्य किताब कपीहरु चेक गर्न दिएकामा फिर्ता लिन पोखरा आएकी थिएँ । कात्तिक ७ गते साँझ पोखरा आएर आफन्तकोमा बसी ८ गते बिहान हेटौडा फर्किएको हुँ ।

पतिलाई सम्पर्क गरेको तर उक्त कोठामा नगएको बयान दिएकी छन् ।

यता, मनाङेले भने स्वकीय सचिवको कोठाबाट अम्खोरा, चाँदीको सातवटा अम्खोरा र बहूमुल्य धातुको बुद्ध, रिम्पोछे र लाक्पा चिनिसेको ५ थान मूर्ति चोरी गरेको थाहा पाएको बताएका छन् । स्मरण रहोस्, श्रीमतीविरुद्ध जाहेरी परेपछि मनाङेले आफूले नै श्रीमतीलाई पक्राएको बताएका थिए । सामाजिक सञ्जालमार्फत उनले भनेका थिए, “डेढ महिनाबाट हामी अलग थियौं, बीचमा श्रीमतीले कसैको चोरी गरी बदमासी गरेको थाहा पाएपछि मैले कास्की जिल्ला प्रशासनलाई कारबाही गर्न माग गरी अहिले पक्राउ गरेको हो ।”

आफू सांसद भए पनि परिवारका जोसुकैले बदमासी गरेपछि कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग उनको छ । मनाङेपत्नी लामाले बयानमा भने अनुसार मूर्ति गाडीमा हालेर पठाएको कुरा उनले इन्कार गरेका छन् ।

मनाङेको बयान :
दिछेन डोल्मा लामा मेरो पत्नी हुन, रोनित गुरुङ मेरो स्वकीय सचिव हुन् । निजले भाडा करारनामा  गरेर लिएको घरको पहिलो तलामा म र पत्नी समेत बस्दै आएका थियौँ । असोज २१ गते आफूखुसी रुपमा छोरालाई लिएर घरकोठा छाडेरी हिँडेकी हुन् । कात्तिक ८ गते शनिबार राति घरमा कोही नभएको मौका पारेर पत्नी दिछेन डोल्मा लामा सहित नचिनेका ३ जना महिला र २ जना पुरुष व्यक्तिहरु जहेरवाला रोनित गुरुङको कोठाबाट प्रति अम्खोरा, २४ तोलाको चाँदीको ७ वटा अम्खोरा र बहूमुल्य धातुको बुद्ध भवगान, गुरु रिम्पोछे र लाक्पा चिनिसे नाम गरेको ५ थान मूर्तिसमेत चोरी गरेर लगेकी भन्ने कुरा थाहा पाएको हुँ । मैले पत्नी र छोराको सामान गाडीमा राखी निजको माइतीघरमा पठाएको भन्ने कुरा झुटा हुन् ।

मनाङेका स्वकीय सचिव रोनित गुरुङले कात्तिक ८ गते कामविशेषले स्याङ्जा गएको समयमा दिछेन सहित ३ जना महिला र २ जना पुरुषले घरमा आई राति साढे १२ बजे दुई लाख १० हजार आठ सय ४० रुपैयाँ पर्ने अम्खोरा, २४ तोला चाँदीको सातवटा अम्खोरा, २० लाख रुपैयाँ बराबरको बुद्ध, गुरु रिम्पोछे र लाक्पा चिनिसेको ५ वटा मूर्ति गरि कुल २२ लाख १० हजार आठ सय ४० रुपैयाँको धनमाल चोरी गरी फरार गरिपाउँ भनि दरखास्त दिएका थिए ।

थुनछेक बहसपछि जिल्ला अदालतका न्यायधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार नै उनलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतका शाखा अधिकृत नीलप्रसाद पनेरुका अनुसार, “फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ विद्यमानता देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई निजबाट ५० हजार रुपैयाँ नगद धरौटी वा सोबराबरको बैंक ग्यारेन्टी लिई तारेखमा राख्‍नू” भन्ने आदेश भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  २०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro