site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘२०७९ को चुनावपछि कांग्रेसले भ्रष्टाचारीलाई जेल कोच्नेछ’
SkywellSkywell

पोखरा । केन्द्रको परिपत्र अनुसार सोमबार पोखरामा पनि कास्की कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारको विरोध गर्यो । पार्टी कार्यालयदेखि बिपी चोक, महेन्द्रपुल, नयाँबजारमा र्याली गर्दै पृथ्वीचोकमा विरोध कार्यक्रमस्थल तय गरिएको थियो । कास्कीको कार्यक्रमलाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसहित, पूर्वसभामुख, पूर्वमन्त्रीहरुले सम्बोधन गरे ।

उनीहरुले सरकारलाई अपराधीको संज्ञा दिए, कम्युनिष्ट सरकार भनेकै ‘भ्रष्टको सरकार’ रहेको आरोप लगाए । सुतेको कांग्रेसलाई बिउँझाएपछि अब कम्युनिष्ट सरकार सडकमा आउने घोषणा त्यही मञ्चबाट गरे । कसैले राजावादीको आन्दोलनलाई फ्याउराको संज्ञा पनि दिए । कम्युनिष्ट सरकारलाई नेताहरुले ओरालो लागेको मृगको रुपमा चित्रित गरे ।

पूर्व कानूनमन्त्री यज्ञबहादुर थापाले भने, “केन्द्रीय सभापति सहितका नेताहरुलाई म आग्रह गर्छु, हामीलाई कार्यक्रम दिनुहोस्, कम्युनिष्टलाई सडकमा डुलाउँछौँ ।”

KFC Island Ad
NIC Asia

ओम्नी, यति, वाइडबडी, ३३ केजी सुन, सुरक्षा मुद्रणमा ७० करोड घोटाला लगायत भ्रष्टाचारको दर्जनौँ घटनाको प्रसंग निकाल्दै उनले आउँदो चुनावमा कांग्रेस सत्तासीन हुने र कानून बनाएर सबैलाई जेल पठाउने संकल्पसमेत गरे ।

“भ्रष्टाचारमा लिप्त नेकपाका सबै नेताको ०७९ मा हुने सबै तहको निर्वाचनमा कांग्रेसले विजयपताका फैलाएर नेकपाले नियुक्त गरेका आयोगमा विश्वास नगरी संसदबाट कानून बनाएर जेल पठाउने छ । यो संकल्प हो,” उनले भने ।

Royal Enfield Island Ad

कांग्रेसभन्दा अगाडि कास्कीमा केहीदिन अघि राजावादीको प्रदर्शन भएको थियो । थापाले उक्त प्रदर्शनलाई ‘फ्याउरा’को संज्ञा दिए ।

“कास्कीमा अस्ति केही फ्याउराले जुलुस निकालेछन् र भनेछन्, कसले निकाल्छ यत्रो जुलुस कास्कीमा ? आज देखे होलान नि मिटरले नाप्ने जुलुस तिनको किलोमिटरले नाप्नुपर्यो कि परेन ?” उनले भने ।

कम्युनिष्टले झुक्याएर चुनाव हराएको र तिनीहरुले चुनावमा पाएजति मत सडकमा मान्छे उतारेर गणना गर्ने उनले बताए । 

कार्यक्रमलाई सम्बोधन गर्न आएका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अमिलो रोपेर सुन्तला खोज्न नहुने बताए । कम्युनिष्टलाई भोट हालेर लोकतन्त्र सुरक्षित हुन्छ भन्नु दिवास्वप्न मात्र रहेको उनको टिप्पणी छ । 

सरकारबाटै लोकतन्त्रको खतरा रहेको हुँदा फेरि एकपटक संघर्षको लागि लाग्नुपर्ने बेला आएको उनले बताए । 

“नेपालको लोकतन्त्र खतरामा छ, सबैलाई अनुभुति पनि भएको छ । लोकतन्त्र, सम्मान, स्वाभिमान र समाजको विकासको चेतनाको निम्ती । सबै संविधानको परिवर्तनको दस्तावेज नेपाली कांग्रेसकै नेतृत्वमा आयो । ऐतिहासिक गरिमा भएको पार्टी कहाँ चुक्यो त्यसमा विश्लेषण गर्दै फेरि नयाँ यात्रा प्रारम्भ गर्नुपर्छ । चौथो संघर्ष कम्युनिष्ट अधिनायकवादको विरुद्ध गर्नुपर्ने दायित्व थपिएको कुरा सबै कांग्रेसले बुझ्नुपर्छ,” उनले भने ।

निर्वाचित संस्थाहरुबाटै लोकतन्त्र मास्ने भष्मासुर जन्मिएको उनले बताए । कम्युनिष्ट पार्टीले हिटलरी शैलीमा एकदलीय निरंकुश शासन चलाउन खोजेको उनको आरोप छ । 

“लेनिनले संविधानसभा विघटन गरेर एकदलीय साम्यवाद स्थापना गरे, हिटलरले नाजीवाद फैलाए । आज सोही किसिमले लोकतन्त्रको जामा र खोल ओडेर संविधानाको खास्टोभित्र बसेर एकदलीय निरंकुशतातिर कम्युनिष्ट शासन गएको छ । हामीले त्यसको विरुद्धमा फेरि अर्को नयाँ संघर्षको थालनी गर्नुपर्छ,” उनले भने ।

यस्तै, सोमबार कांग्रेसको कार्यक्रम वार्मअप मात्र भएको उनको भनाइ छ ।

“लोकतन्त्रका आधारभूत मान्यतामाथि चुनौती देखिएको छ, यो त हामीले वार्मअप मात्र गरेका हौँ, गाउँगाउँ बस्तीबस्तीबाट उठाएर नयाँ संघर्ष चलाउनुपर्ने समय आएको छ, कसले के पाउँछभन्दा पनि सन्तानले लोकतन्त्रमा सम्मानपूर्वक बाँच्न पाउँछ भन्ने हो,” केसीले भने । यो भ्रष्टाचारको महाजालोबाट आजित भएका जनता, पैसाबाट जनतालाई आतंकित र त्रसित बनाउँदै अर्को निर्वाचन गर्ने रणनीतिमा रहेको, यही सरकार रहेमा अर्कोपटक चुनाव हुन्छ कि हुन्न भन्नेमा पनि शंका रहेको उनको भनाइ छ ।

उखु किसानको आन्दोलनलाई इंगित गर्दै उनले सरकार अपराधी बनेको आरोप लगाए ।

उनले भने, “संसारमा कुनै त्यस्तो देश देख्नुभएको छ, किसानले मेहनतले उत्पादन गरि बेचेको उखुको मूल्य लिन संघर्ष गर्नुपर्ने ? आफ्नै मालसामानको मूल्य लिन संघर्ष गर्नुपर्ने देश ओलीको नेतृत्वभन्दा अरु देशमा हुँदैन । जनता मृत्युको दोसाँधमा उभिएको बेला कोभिडको सामानमा पनि भ्रष्टाचार गर्ने योभन्दा अपराधी सरकार अर्को हुन सक्दैन ।”

चर्चामा रहेको कोभिड भ्याक्सिन र त्यसको लागतमा पनि भ्रष्टाचार हुनसक्ने उनको आशंका छ ।  

पूर्वसभामुख तारानाथ रानाभाटले भ्रष्टाचारको निष्पक्ष छानविन गर्न चुनौती दिए ।

उनले भने, “ट्रान्सपरेन्सी इन्टरनेशनलले पनि भ्रष्टाचार बढेको देखाएको छ, यसमा सरकार प्रमुख पनि मुछिएको छ, यसले गर्दा कम्युनिष्ट सरकार नै भ्रष्टको सरकारको रुपमा बाँचिरहेको छ । एक समिति बनाएर भ्रष्टाचारको छानविन गर्न प्रधानमन्त्रीलाई केले रोक्यो ?”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro