site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हप्तौँसम्म चोकमा इट्टा राखिए तर निर्माण अघि बढ्दैन !

काठमाडौं । चाबहिल चोक काठमाडौंको व्यस्तमध्येको एक चोक हो । दैनिक हजारौँ सवारीसाधन र हजारौँ यात्रु यहाँ ओहोरदोहोर गर्छन् । तर सधैँभर निर्माणकै काम भइरहने एक चोक पनि हो ।  चोक बनाउन भन्दै राखेका इट्टा हप्ताँै चोकमै रहँदा सकस परेको हो ।  चाबहिल चोक निर्माणका लागि चोकमा इट्टा जम्मा गरेको करिब दुईहप्ता हुन लाग्यो ।

चोकमा काम अझै सुरू हुन नसकेको चाबहिल चोकका स्थानीय बताउँछन् ।  स्थानीय सूर्यबहादुर कटुवालका अनुसार चोकमा यसरी इट्टा जम्मा गरेर राख्दा दुर्घटनाको जोखिम बढेको छ ।

उनले भने, “धुलोधुँवाबाट हामी धेरै पछि मुक्क्त भएका छौँ । गत हप्तामा मात्रै चाबहिल चोकको कालोपत्रे सकिएको थियो । बाँकी चोकको काम मात्रै छ, यसका कारण स्थानिय, सवारी चालक, पैदलयात्री र ट्राफिक प्रहरी सास्ती खेप्न बाध्य छन् । अब चोक बनेदेखि हाम्रो टोलको चोक सफा देखिने थियो,  सवारी चालक, पैदलयात्री र ट्राफिक सबैलाई सहज हुनेथियो ।”

 

बा १ ह ४६८७ नम्बरका ट्याम्पो चालक महेन्द्र देवकोटाले गौशाला चाबहिल हुँदै जोरपाटी जाने सडकखण्डमा धुलो धँुवाका कारण चालक निसास्सिनुपरेको बताए । गौशालादेखि चाबहिल चोकसम्म र चाबहिल चोकदेखि चुच्चेपाटी तथा धोबिखोलासम्मको सडक निर्माण अन्तर्गतको योजना रहेको सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले बताए । 

 

 

कालिका बेदांशी जेभीले लिएको ठेक्का रकम २० करोड एकतर्फीसम्मको ठेक्का हो यो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro