site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० क्रसर उद्योगलाई बन्द गर्न निर्देशन
SkywellSkywell

दाङ । बालुवा वासिङ उद्योगको अनुमति लिएर क्रसिङको काम गर्ने १० वटा उद्योगलाई बन्द गर्न निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुमगन समितिले यस्तो निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

प्रजिअ आचार्यका अनुसार जिल्लामा ३२ वटाले बालुवा वासिङको अनुमति लिए पनि ७ वटा सञ्चालनमा नरहेको बताए । हाल जिल्लामा २७ वटा बालुवा वासिङ उद्योगहरू सञ्चालनमा छन् । २७ वटा वासिङ उद्योगमध्ये १० वटाले एउटाको अनुमति लिएर अर्को कारोबार गरिरहेको पाइएको उनको भनाइ छ । ‘‘एकको अनुमति लिएर अरु काम गरिरहेका उद्योगहरूलाई बन्द गर्न निर्देशन दिएका छौँ,’’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।

KFC Island Ad
NIC Asia

उद्योगमा रहेका सामग्री व्यवस्थापनका लागि अनुगमन समितिले १५ दिनको म्यादसमेत दिएको छ । दिएको निर्देशन पालना भए/नभएको बारे पुनः अनुगमन गरिने आचार्यले बताए । निर्देशनअनुसार क्रसिङको काम बन्द नगरिए सेवा-सुविधा कटौती गरिने पनि उनले बताए । गृह मन्त्रालयले जिल्लामा रहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू अनुमनका लागि पत्राचार गरेपछि अनुगमन गरिएको हो । जिल्लामा रहेका सबै उद्योगको एकैपटक अनुगमन गरिएको सम्भवतः पहिलोपटक हो ।

प्रजिअलगायत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले चार दिन लगाएर सबै उद्योगको अनुगमन गरेको आचार्यले बताए । अनुगमनपछि अनुगमनबाट प्राप्त जानकारीको अवस्थाको विश्लेषण गर्दै प्रतिवेदन तयार पारेर गृह मन्त्रालयमा पठाइएको पनि उनले बताए । अनुगमन समितिले सुझावसहित प्रतिवेदन पठाएको आचार्यले बताए । उनकाअनुसार मापदण्ड एकरुपता बनाउनुपर्ने, समयसापेक्ष मापदण्ड परिवर्तन गरिनुपर्नेलगायत सुझाव दिएर पठाइएको छ ।

Royal Enfield Island Ad

अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयका दाङका प्रमुख जिल्ला अधिकारी, समन्वय अधिकारी र विभिन्न कार्यालयका प्रतिनिधिहरूको टोली करिब ४० बढी उद्योगको अनुगमनमा पुगेको थियो । जिल्लामा रहेका क्रसर तथा बालुवा वासिङ उद्योगहरू दर्ता भएर सञ्चालनमा आएको प्रमुख आचार्यले बताए । ‘‘सबै उद्योगहरू दर्ता भएर नै सञ्चालनमा आएको पाइएको छ तर कागजी रुपमा उद्योगहरूले सबै प्रक्रिया पूरा भए पनि फिल्डमा हेर्दा त्यसअनुसार छैन,’’ प्रजिअ आचार्यले भने ।

पहिलेको आधारमा कागजात हेर्दा मापदण्डअनुसारै भएको पाइए पनि अहिले भनेविपरीत देखिएको अनुगमन समितिले जनाएको छ । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लामा पत्राचार गर्दै मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन भए/नभएको बारेमा अनुगमन गरी एक साताभित्र पेस गर्न निर्देशन दिएको थियो । जिल्लामा रहेका क्रसर तथा बालुवा वासिङ उद्योगहरूमा एक हजारजनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । राज्यले वार्षिक ५० करोड राजस्व प्राप्त गरेको छ । त्यसैगरी वार्षिक एक अर्बको आन्तरिक कारोबार गर्ने गरेको आचार्यको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro