site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छठसँगै सुरु भयो ‘सामा-चकेवा’
SkywellSkywell

जनकपुर । सामा र चकेवा तराईको नदी सीमसार क्षेत्रमा पाइने चराको नाम हो । सामा-चकेवाकै नाउँमा मिथिलाञ्‍चल क्षेत्रमा भाइ-बहिनीबीचको प्रेम प्रतीकका रुपमा लोक पर्व मनाइँदै आएको छ ।

द्वापर युगदेखि मनाउँदै आएको यो पर्व पछिल्लो समय मिथिलाञ्‍चल क्षेत्रमा पनि लोपोन्मुख अवस्थामा पुगेको छ । यद्यपि तराई मधेसको ग्रामीण भेक र थारु समुदायमा अहिले पनि विशेष महत्त्व साथ यो पर्वलाई निरन्तरता दिँदै आएको हेर्न सकिन्छ ।

सामा-चकेवाको चर्चा स्कन्द पुराणमा उल्लेख छ । यो पूर्ण रुपमा भाइ-बहिनीबीचको प्रेममा आधारित पर्व हो । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन र बहिनीको भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको निन्दा तथा सामाको ससुराली जाने प्रसंगको मार्मिक क्षणजस्ता विषयवस्तुलाई गीति संवाद यस पर्वको विशेषता हो ।

KFC Island Ad
NIC Asia

स्कन्द पुराणमा उल्लेख भएअनुसार श्यामा (सामा) र चकेवा पतिपत्नी हुन् । सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र । सामाका पिता कृष्ण हो भने पति चारुवक्य अर्थात् चकेवा । चारवक्य एक आश्रममा बस्थे । श्यामा चारुवक्यसँग प्रेम गर्थिन् । एक दिन श्यामा चारुवक्यलाई भेट्न आश्रममा गएको देखेपछि चुगला (चुक्ली गर्ने पात्र) ले कृष्णलाई चुक्ली लगाइदिन्छन् । कृष्णले रिसाएर श्राप दिँदै उनीहरूलाई चरा बनाइदिए ।

जब श्यामाका भाइ शम्बलाई यो थाहा भयो, उनी अत्यन्तै दुखी भए । बाबुसँग जति अनुनय गरे पनि कुनै सीप लागेन । अनि कठोर तपस्या गर्न थाले । कात्तिक पूर्णिमाका दिन उनको तपस्याले पूर्णता पायो र वरदानमा बहिनी श्यामालाई पूर्व रुपमा पाए । सोही प्रसंगलाई आधार बनाएर प्राचीनकालदेखि नै बहिनीद्वारा भाइका लागि यो पर्व गर्न थालिएको भनिन्छ ।

Royal Enfield Island Ad

चारुवक्य पत्नीको वियोग सहन नसकेर तपास्याकै भरमा चकेवाको रुपमा चरा बनेर प्रेमिका सामासँग बस्न थालेका थिए । पुराणमा उल्लेख भएअनुसार उनीहरूको बास वृन्दावनमा थियो । विरोधीहरूले वृन्दावनमा आगो लगाइदिएका थिए । उनीहरूलाई अनेक तनाव दिइयो । अन्ततः तपस्या र आफ्नो पराक्रमले उनीहरू पुनः मानवको रुपमा फर्किन सफल भए । 

No description available.
यस पर्वमा सामा, चकेवा, चुगला, ढोलिया, भरिया, सतभइया, खजनचिरैया, वनतीतर, कुत्ता, मलिनियाँ र वृन्दावनलगायत पात्र हुन्छ । गिलो माटोले सबै पात्रको प्रतीक बनाइएको हुन्छ भने माटोकै डल्लोमा खरले खोपेर वृन्दावनको प्रतीक बनाएर समुदायमा चेलीहरूले सामाचकेवा पर्व मनाउँछन् ।

उनीहरूले हरेक साँझ डालामा सजाइएका सामा-चकेवालगायत पात्रहरूको मूर्ति लिएर एक ठाउँमा भेला भई भाइको गुणगान र समृद्धिको कामना गर्ने लोकगीत गाउँछन् भने हरेक दिन अन्त्यमा चुगलाको मुखमा कालो पोतेर घर फर्किन्छन् । कात्तिक शुक्ल पञ्चमी तिथि अर्थात् छठ पर्वको पूर्वसन्ध्यामा खरना सम्पन्‍न भएपछि सामा-चकेवा पर्व सुरु हुन्छ भने कात्तिक पूर्णिमाका दिन विसर्जन गरिन्छ ।

पूर्णिमाका दिन साँझ आँगनमा अरिपन कोरेर विशेष प्रकारले सामा-चकेवाको डाला सजाएर सबै पात्रको मूर्तिलाई भाइद्वारा फुटाउन लगाइन्छ । यसरी मूर्तिहरू फुटाइसकेपछि बाजागाजाको साथ बस्तीनजिक जोतेको खेत अथवा वन क्षेत्रमा सामा-चकेवा लगायत मूर्तिको विसर्जन गरिन्छ । सामा-चकेवाको मूर्ति फुटाइसकेपछि भाइले बहिनीलाई आशीर्वाद स्वरुप स्‍नेहपूर्वक दक्षिणा दिने चलन छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro