
विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
राउतले प्रदेश १ का तर्फबाट उमेदवारी दिएका थिए । उनलाई मोरङ व्यापार संघका तर्फबाट केन्द्रीय सदस्य पदमा उमेदवार बनाइएको थियो ।
महासंघको विधानअनुसार सातवटा प्रदेशबाट एक-एकजना केन्द्रीय सदस्य निर्वाचित हुन्छन । प्रदेश १ बाट राउतको मात्र उमेदवारी दर्ता भएको थियो । निर्वाचन समितिले औपचारिक रुपमा राउत विजयी भएको घोषणा गर्न भने बाँकी छ ।
उनी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष पनि हुन् । राउतले वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्र ढकालको समूहमा रही उमेदवारी दिएका थिए । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ ।