site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनी लाउन्डरिङ व्यवस्थापन गर्न सिद्धार्थ बैंक र मनिपाल टेक्नोलोजिजबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंकले मनिपाल टेक्नोलोजिजसँग सम्झौता गरेको छ । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनिपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता भएको हो ।

यस पहलले एन्टी मनी लाउन्डरिङ (एएमएल) प्रविधिको सुदृढीकरण गरी  नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकताअनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ ।

यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङको प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रन तथा ग्राहक पहिचान पद्धति अवलम्बन गर्न सक्षम बनाउने बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकले मनिपाल टेक्नोलोजिजसँगको सहकार्यमा अवैध सम्पत्ति शुद्धीकरण न्यूनीकरण प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ । साथै यस पहलले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro