site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जानकी मेडिकल कलेजका कर्मचारीले पाएनन् ८ महिनादेखिको तलब, भन्छन्- चाडबाड मनाउने कसरी ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जनकपुर । नेपालमा हिन्दु समुदायले मनाउने चाडपर्वमा प्रमुख दुई धार्मिक उत्सव आउँछ, दसैँ र तिहार । अन्य बेला नियमित तलब सुविधा नपाउने कर्मचारीले पनि यी पर्वका बेला समयमै बोनससहित रकम पाउँछन् । जनकपुरस्थित जानकी मेडिकल कलेजमा काम गर्ने चिकित्सक तथा कर्मचारीका लागि न दसैँ आयो न तिहार ।

आठ महिनादेखि बाँकी रहेको तलब माग गर्दै संघर्षमै दसैँ बिताएका त्यहाँका कर्मचारी आमरण अनशनमा बसेर तिहार छल्दै छन् । धनुषाको रमदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीद्वय जानकीशरण यादव र कुल्दीप साह आमरण अनशनमा बसेको आइतबार १५ दिन पुगिसक्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अनशन बसेको ११औं दिन गत बुधबार उनीहरुलाई रमदैयास्थित शिक्षण अस्पतालबाट प्रहरीले जबरजस्ती उठाएर प्रादेशिक अस्पतालमा पुर्‍याइदियो । गाउँ, समुदायमा तिहारको रमझम चलिरहँदा मेडिकल कलेजका कर्मचारीहरु अस्पतालको शय्यामा पल्टिरहेका छन् । परिवारका सदस्यहरु कुरुवा बस्‍न बाध्य छन् ।  
No description available.

किन बस्‍नुपर्‍यो अनशन ?
आठ महिनादेखि बक्यौता रहेको तलब र ६ वर्षदेखि रोकेको सञ्चयकोषमा पठाउनुपर्ने रकम तत्काल पठाउनुपर्नेलगायत मागसहित विगतको सम्झौता कार्यान्वयन गर्न कर्मचारीहरुले गत भदौ १२ गते कलेज प्रशासनलाई ज्ञापनपत्र बुझाए ।

Royal Enfield Island Ad

कलेजको सञ्चालक पक्षले कुनै सुनुवाइ नगरेपछि भदौ २६ गतेदेखि कर्मचारीले प्रशासन शाखामा तालाबन्दी गरे । त्यसको पाँचौं दिनमा जिल्ला प्रहरी कार्यालयका डीएसपी मकेन्द्र मिश्रको रोहबरमा कलेजको सञ्चालक पक्ष र कर्मचारीबीच तीनबुँदे सम्झौता भयो ।

उक्त सम्झौताअनुरुप तत्कालै कर्मचारीले प्रशासन शाखामा लगाएको ताला खोलिदियो । कलेजको हिसाब-किताब दुवै पक्ष (कर्मचारी र कलेज) को लेखापालको उपस्थितिमा सार्वजनिक गर्ने र असोज ३० गतेसम्म कलेज सञ्चालक पक्षले कर्मचारीको सबै समस्या सम्बोधन गरिसक्ने कुरा पनि सम्झौतापत्रमा उल्लेख छ । तर, सञ्चालकले कर्मचारीको समस्या सम्बोधन गर्नुको साटो आन्दोलनको नेतृत्व गर्ने कर्मचारीहरुलाई बर्खास्त गर्न थाल्यो ।

सम्झौताअनुरुप असोज ११ गते हिसाबकिताब गर्न दुवै पक्षको लेखापालले काम थाल्नुपर्नेमा कलेज सञ्चालक पक्षपछि हट्यो । १२ गते कर्मचारीहरु धर्नामा बसेपछि आन्दोलनको अगुवाइ गर्ने कर्मचारीहरुलाई एकपछि अर्को स्पष्टीकरण माग्दै पत्र थमाउन थालियो । असोज २६ गते पाँचजना कर्मचारीलाई बर्खास्त गरियो ।

कर्मचारीलाई काम गरेको तलब नदिने, मागेपछि जालझेल गरी जागिरबाट निकाल्ने कलेज सञ्चालकको रवैयाविरुद्ध दुई कर्मचारी कात्तिक १६ गतेदेखि आमरण अनशनमा बसेका हुन् । उनीहरुको पीडालाई ध्यानमा राखेर कलेजमा कार्यरत कुनै कर्मचारीले तिहार नमनाएको कर्मचारी हकहित संघर्ष समिति संयोजक उमेश यादवले बाह्रखरीलाई बताए । 
No description available.

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro