site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आज कुकुर तिहार, आज्ञाकारी रक्षकलाई पूजासँगै मीठा परिकार खुवाइँदै
SkywellSkywell

काठमाडौं । आज कुकुर तिहार । सबै नेपालीका घर आँगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाउने गरिन्छ । 

आजको दिन कुकुरको पूजा नगरी खाए पाप लाग्‍ने भनाइ पनि छ । तर काठमाडौंमा एउटा यस्तो जोडी पनि छ जसले दैनिक रुपमा उपत्यकाका विभिन्न ठाउँमा पुगेर सडकमा बस्ने कुकुरहरुलाई खाना खुवाउने काम गर्छन् । त्यो पनि आफ्नै खर्चमा ।

कुकुर आज्ञाकारी, रक्षक र गुनिलो जनावर हो । भैरवको बहानसमेत रहेको कुकुरले कुनै पनि अपराधीहरुलाई सुँघेर पत्ता लगाउने काम गर्छ । त्यस्तै विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुनुअघि कुकुरले सुँघेर वा भुकेर पूर्वसूचना समेत दिनेगर्छ । त्यसैले प्रत्येक वर्षको कृष्ण चतुर्दशीको दिन कुकुरको विशेष पूजा गर्ने गरिन्छ । यस दिन कुकुरलाई पूजा गरी विशेष प्रकारका खानेकुरा खान दिने चलन पनि छ । यस दिन आफ्नो घरमा पालिएका कुकुरबाहेक सडकमा बस्ने कुकुरहरुको समेत पूजा गरिन्छ ।

KFC Island Ad
NIC Asia

आजको दिनमा कुकुरलाई मीठा खानेकुरा खुवाइन्छ । अन्य दिनमा भने सडक कुकुरका लागि मानिसहरुले खासै महत्त्व दिँदैनन् । तर काठमाडौंमा एउटा यस्तो समूह छ जसले दैनिक रुपमा उपत्यकाका विभिन्‍न ठाउँमा पुगेर कुकुरहरुलाई खाना खुवाउने काम गर्छन् ।

सौरभ रिमाललगायतको समूहले दैनिक रुपमा कुकुरलाई खाना तयार गर्ने र विभिन्न ठाउँमा पुगेर खाना खुवाउने काम गर्छन् । काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन गर्ने क्षेत्र, गोंगबुस्थित नयाँ बसपार्क, भृकुटी मण्डप, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्षेत्र र ललितपुरको बटुक भैरव आसपास क्षेत्रमा पुगेर उनीहरुले कुकुरलाई खाना खुवाउँदै आएका छन् । 

Royal Enfield Island Ad

भोकका कारण सडक कुकुरहरुलाई मर्ने अवस्थामा देखेपछि रातोपुलस्थित डल्ले रेस्टुरेन्टमा खाना पकाई विभिन्‍न ठाउँमा पुर्‍याएर खाना खुवाउने काम दैनिक रुपमा गरिरहेको सौरभ रिमालले बताए ।

आज (शनिबार) काठमाडौंको टेकु क्षेत्रमा पुग्दा उनीहरुले कुकुरलाई खाना खुवाउँदै गरेको भेटियो । लकडाउन सुरु भएसँगै सडकमा रहेका कुकुरहरुलाई खाना खुवाउँदै आएको सौरभ बताउँछन् । आजको दिन मात्र नभई सडकमा रहेका कुकुरहरुलाई आगामी दिनमा समेत खाना खुवाउने कामलाई निरन्तरता दिने योजना रहेको पनि उनको भनाइ छ । तिहारमा मात्र नभएर अन्य दिनमा पनि आफ्नो घरबाहिर रहेका कुकुरहरुलाई खाना खुवाउने बानी बसाल्न उनको आग्रह छ ।

अन्य ठाउँबाट सहयोग जुटाएरभन्दा पनि आफ्नै खर्चमा खाना खुवाउँदै आएको सौरभ बताउँछन् । केही साथीभाइले कहिलेकाहीँ सहयोग गरे पनि अधिकांश दिन आफ्नै खर्चमा खाना तयार गर्ने गरेको उनले बताए । रातोपुलस्थित डल्ले रेस्टुरेन्टमा खाना तयार गरी विभिन्न ठाउँमा पुर्‍याएर सडक कुकुरलाई खाना खुवाउने काम उनीहरुका लागि दैनिकी बनेको छ ।

क्याप्सन :
नेकपा सांसद कोमल वली सडक कुकुरहरुलाई खाना खुवाउँदै । तस्बिर : वलीको ट्‌विटरबाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro