site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाँझो जग्गामा मिश्रित खेती
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय मिश्रित खेती प्रणाली फस्टाउँदै गएको छ । एउटै जग्गामा एकभन्दा बढी बाली (खाद्यान्‍न, फलफूल र तरकारी) लगाएपछि साबिकको भन्दा धेरै आम्दानी हुने भएकोले किसानहरु मिश्रित खेतीतर्फ आकर्षित भएका हुन् ।

बेनी नगरपालिका २, बगरफाँटका दुर्गाबहादुर थापाले काठमाडौंबाट फर्केर गत चैतमा सुरु गरेको केरा खेतीसँगै डाले घाँस र कोदो खेती अहिले निकै राम्रो भएको छ । त्यसैगरी बेनी नगरपालिका २, खबराका कृषक चन्द्रबहादुर कार्कीले आफ्नो १८ रोपनीमा मिश्रित मौसमी तथा बेमौसमी तरकारी खेती गरेर लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । कार्की जिल्लामा मिश्रित खेती प्रणालीका अगुवा कृषकसमेत हुन् ।

कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायत तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल लहलह झुलिरहेका र लटरम्म फलिरहेका देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछापालनबाट पनि कार्कीले आम्दानी गर्दै आएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“मैले १८ वर्षको उमेरदेखि तरकारी खेती सुरु गरेको हुँ,” ५४ वर्षीय कार्कीले विगत कोट्याउँदै भने, “त्यतिबेला मलाई जागिर खान वा विदेश जान धेरै प्रस्ताव आएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेसा सुरु गरेँ, अहिले त्यतिबेला मैले सही निर्णय गरेको रहेछु भन्‍ने लाग्छ ।” तीन दशक अघि एक हजार रुपैयाँ लगानीबाट सुरु गरेको व्यावसायिक तरकारी खेतीले कार्कीलाई अहिले निकै लाभ भएको छ । तरकारी बिक्रीबाट आएको आम्दानीले कार्कीले बेनी बजारको मंगलाघाटमा घडेरी किनेर घर बनाइसकेका छन् ।

“माटोसँग खेल्दा र माटोमा पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ,” उनले भने, “यही माटोमा गरेको परिश्रमले मलाई यहाँसम्म ल्याइपुर्‍यायो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न मैले यत्तिको कमाउन सक्थेँ, न मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो,” कार्कीको भनाइ छ । कार्कीकै देखेर पछिल्लो समय म्याग्दीमा मिश्रित खेती पद्धति अपनाउने कृषकहरुको संख्या बढेको छ । कार्की भन्छन्, “मिश्रित खेती गर्दा एकल खेतीभन्दा तीनगुणा बढी आम्दानी लिन सकिन्छ ।”

Royal Enfield Island Ad

कृषि प्राविधिकहरुका अनुसार मिश्रित खेतीप्रणाली नेपालमा परापूर्वकालदेखि चल्दै आएको हो । साधारणत: मिश्रित खेती गर्दा विभिन्‍न बालीहरू जस्तै- मकै, बोडी र फर्सी लगाउने गरिन्छ । एउटै बालीभित्र पनि विभिन्‍न जातहरू जस्तै- गहुँका जातहरू मिसाएर लगाउने परमपरागत चलन छ । मुख्यत: एकभन्दा बढी बाली वा जातहरू मिसाएर लगाउने प्रणालीलाई मिश्रित खेतीप्रणाली भनिन्छ ।

खबराकै अर्का कृषक शोभित सापकोटाले पनि मिश्रित बालीबाट मनग्गे आम्दानी गरेका छन् । उनले एकै ठाउँमा केरा, साग, उखु र खुर्सानी खेती गरेर एकल बालीको तुलनामा तेब्बर आम्दानी हुने गरेको बताए । मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँ पछिल्लो समय म्याग्दीमा मिश्रित खेती प्रणाली मौलाउँदै गएको र यसबाट कृषकहरुले राम्रो आम्दानी गर्न सफल भएको बताउँछन् ।

जिल्लाका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका दुई सयभन्दा बढि कृषकहरुले मिश्रित खेती गर्दै आएका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । -रासस

-प्रतिकात्मक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  ०७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro