site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धुलो र हिलोमा राजधानीभन्दा कम छैन विराटनगर
SkywellSkywell

विराटनगर । अघिल्लो सोमबार दिउँसो विराटनगरको महेन्द्रचोक पुग्दा को १ ह ४२१६ नम्बरको सिटी सफारी चलाइरहेका थिए रामसहनी यादव । घामले डढेर कालो भएको उनको अनुहार देख्दा लाग्थ्यो,यादव मेहनतको अर्को नाम हो । र, त्यसैको प्रतिविम्ब हो उनको कालो अनुहार । 

सडक भत्किएको थियो । धुलो उडिरहेको थियो । विना मास्क नै सिटीसफारी चलाइरहेका उनको सफारी गुड्ने भन्दा पनि बढी उफ्रिरहेको थियो । लाग्थ्यो, उनको सफारी गुड्ने हैन उफ्रिने गाडी हो । उनका प्यासेन्जर घरी तल घरी माथि गरिरहेका थिए । उनीहरु सफारीभित्रै रहिरहन संघर्ष गरिरहेका देखिन्थे । 

भत्किएको सडकमा कालोपत्रे भेट्टाउन निकै हम्मे पर्छ । “सडक भत्किएको छ हजुर ! गाडी चलाउन बहुत गाह्रो छ । यतिले हुँदैन, अरु २० रुपैयाँ थपिदिनुस्,” उनले भने । 

KFC Island Ad
NIC Asia

पानीका लागि पाइप गाड्ने काम भइरहेकाले विराटनगरको सडक खनिएको छ । “अब राम्रै हुन्छ रे हजुर, पानी पनि पाइन्छ रे,” यादव आशावादी देखिए, “केही समयपछि राम्रो हुन्छ भन्ने सुनेको छु । राम्रै होला नि हैन हजुर ?”

विराटनगर–१ का बद्री अधिकारी पनि सिटी सफारी नै चलाउँछन् । उनले सिटी सफारी चलाउन थालेको ३ वर्ष भयो । हिउँदमा धुलो र वर्षाको समयमा हिलोको समस्या भोग्दै आएका उनी अहिले दुइटै मौसममा दुइटै समस्या भोग्दै आएका छन् । घाममा धुलो र पानीमा हिलो उनको दैनिकी नै हो । “यो धुलो र हिलोबाट कहिले मुक्त भइन्छ होला भन्ने लाग्छ, यति मात्रै भयो भनेपनि ठूलो राहत हुने थियो हामीलाई,” अधिकारीले मनको कुरा सुनाए । 

Royal Enfield Island Ad

जताततै खनिएका सडक र ढलका कारण विराटनगरमा थोरै पानी पर्नेबित्तिकै हिँड्न नसकिने हुन्छ । “दलहरु स्मार्ट सिटी बनाउँछु भनेर ठूलो सपना बाँडिरहेका छन्, त्यो भन्दा पहिला धुलो र हिलो मुक्त बनाइदिए हामीलाई सजिलो हुन्थ्यो,” कम काम बढी कुरा गर्ने दलहरुप्रति अधिकारी असन्तुष्टि व्यक्त गर्छन् । उनको एउटै चाहना छ,अब निर्वाचनमा जित्नेले पहिला विराटनगरलाई धुलो र हिलोमुक्त बनाउनतर्फ लाग्नुपर्छ । 

विराटनगर–१० मा बस्छिन्, मैया अधिकारी । उनको पीडा पनि यादव र अधिकारीको भन्दा फरक छैन । सडक छेउमा किराना पसल राखेर बसेकी अधिकारी विराटनगरदेखि नै आजित भैसकिन् । “ढल र सडक विस्तारले गर्दा पसलभरी धुलैधुलो हुन्छ । कुन सामान के हो चिन्नै गाह्रो हुनेगरी धुलो उड्छ,” उनले भनिन्, “गाडी चल्दा झन् धुलो पसलभरि हुन्छ, पानी पर्दा उस्तै समस्या । पानी जमेर पसलभरी हुन्छ । पसलमा बस्न सकिने अवस्था हुँदैन, सामान बेच्नु त परको कुरा ।” 
विराटनगर धुलो र हिलोमुक्त भएको हेर्न चाहने उनी भन्छिन्, “खै ठूलो सहर भन्छन् तर धुलो र हिलोको सहरजस्तो छ । नेताहरु जन्माएको सहर रे, कांगे्रसका नेताहरु यहीँका हुन् रे । विकास गर्ने नेताचाहिँ जन्माएनछ,” उनले व्यङ्ग्य कसिन् ।

उनलाई हुँदै गरेको चुनावबारे राम्रै जानकारी छ । भोट हाल्ने पनि योजना छ उनको । तर विकासको भने आशै छैन, “मन्त्री, प्रधानमन्त्रीले त विकास गरेनन् अबकाले झन् के गर्लान् र ?” उनले निराशा पोखिन् । 

विराटनगरबासीको यो समस्याबारे कुरा गर्न हामी बुधबार साँझ तीनपैनीस्थित कांग्रेस नेता महेश आचार्यको घरै पुग्यौं । गाडीबाट ओर्लिर कुराकानीका लागि तयार भएका आचार्यलाई हामीले सोध्यौं, एकपटक लगाएर बाहिर निस्किएपछि फेरि त्यही लुगा लगाएर अर्कोपटक बाहिर निस्कने अवस्था रहेनछ छ नि विराटनगर महानगरमा ?

“एडीबी प्रोजेक्टको काम भइरहेको छ । पानीको पाइप बिच्छ्याउन सडक खनिएकाले धुलो र हिलो छ,” आचार्यले भने, “यो सय वर्ष पुरानो सहर हो । वैज्ञानिक हिसाबले निर्माण गरेको सहर नभएर आफंै निर्माण भएकोहो । त्यसैले अब यसलाई व्यवस्थित बनाउँदैछौं । त्यसैले केही समय लागे पनि पछि व्यवस्थित हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १२, २०७४  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro