site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
थपलिया बने अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिताको विजेता
SkywellSkywell

काठमाडौं । अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्‍न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल भएको हो ।

प्रतियोगिताको फाइनल रिजल्ट ड्रिम सर्च एजेन्सीको अफिसियल फेसबुक पेज र युट्युब च्यानलमा प्रकाशित गरिएको छ । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा घरबसी प्रतियोगीले आफ्नो भिडियोमार्फत प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा कपन निवासी ७ वर्षीय आज्ञ थपलिया सुपर किड्स गायन किड्सका विजेता बन्‍न सफल भएका छन् । १९ वर्षीया वसुन्धरा निवासी पदम कार्की टीन्सतर्फ विजेता भए ।

Dabur Nepal
NIC Asia

यस्तै सुपर प्रिकिड्स नृत्यतर्फ विराटनगर निवासी ५ वर्षीय दिवम रखेचा विजेता भए । किड्समा बिर्तामोड निवासी ९ वर्षीय पद्मजा कार्की र काठमाडौं बूढानीलकण्ठ निवासी १३ वर्षीय सोनी लामा तमाङ विजेता भए । 

सो नृत्य र गायन प्रतियोगितामा नेपालका विभिन्‍न ठाउँबाट १६० जना चारदेखि १९ वर्षका बालबालिका सहभागी थिए । प्रतियोगितामा उत्कृष्ट ५०, ३०, २० र पाँच गर्दै टप थ्री ग्रान्ड फाइनल नतिजा सार्वजनिक गरिएको थियो ।

प्रतियोगितामा नृत्यतर्फ डीआईडी सिजन-६ र डान्स प्लसका अन्तिम प्रतिस्पर्धी सुजन मार्फा तामाङ अफिसयल निर्णयक थिए भने गायनतर्फ अफिसयल निर्णयकका रूपमा धर्मेन्द्र सेवान थिए ।

 

 

गायनतर्फ किड्समा अर्नभ वन फर्स्ट रनरअप, आशनया बिनाडी सेकेन्ड रनरअप, टिन्समा विक्रम बस्‍नेत फर्स्ट रनरअप, प्रियांकुश गौतम सेकेन्ड रनरअप भए भने नृत्यतर्फ प्रि-किड्समा सिया जोसी फर्स्ट रनरअप, दृष्टि धिमाल सकेन्ड रनरअप, किडसमा कृश तामाङ फष्ट रनरअप, साक्षी सहानी सेकेन्ड रनरअप भए । यस्तै टिन्समा ओम राजवंशी फर्स्ट रनरअप, अपूर्व कर्मचार्य सेकेन्ड रनरअप भए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro