site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवन मेडिकल कलेजमा नवलपुरका एक कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका - ११ की ७५ वर्षीया वृद्धा रहेकी छन् ।

अस्पतालका अनुसार ज्वरो, घाँटी दुख्‍ने, खोकी र श्वासप्रश्वासको समस्या भएपछि असोज २७ गते उनी अस्पताल भर्ना भएकी थिइन् । 

दमको दीर्घरोगी रहेकी उनको असोज ३० गते पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो । 

संक्रमण पुष्टि भएपछि अस्पतालमा रहेको कोभिड-१९ सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो । उनको आज दिउँसो २:३० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro